२०८३ श्रावण २८, बिहीबार
August 13, 2026, Thursday

रहस्यले भरिएको ओशोको जीवनको रोचक कुरा

विश्वका आध्यात्मिक गुरुहरु मध्येका एक आचार्य रजनीश ‘ओशो’ ११ डिसेम्बरमा जन्मेका थिए। रहस्यले भरिएको छ ओशोको जीवन। आफुलाई धनीहरुको गुरु बताउने ओशोको कयौं विचार विवादले भरिएको छ। भारतको भोपाल प्रान्तमा जन्मेका थिए ओशो। जन्मेको तीन दिनसम्म उनी न त हाँसे न त रोए नै। तीन दिनसम्म आफ्नो बच्चाले कुनै आवाज ननिकाल्दा परिवारमा निकै चिन्ता बढेको थियो। 

कहानी छ की ओशो पूर्वजन्ममा बुद्धत्व प्राप्तीको लागि ध्यानमा थिए, निकै नजिक थिए सोही बखत उनको हत्या भयो। सयौं वर्ष पछि उनको पुर्नजन्म भयो तर आफ्नो ध्यान कायम राख्दै ३ दिनसम्म उनी बोलेनन। आफ्ना विचार र ध्यान पद्धतिले विश्वको नजर खिच्न सफल यी आध्यात्मिक गुरुको केही रोचक कुरा जानौं।

rajneesh osho images (4)

१२ वर्षको उमेरमा राती मसानघाट जान्थे

मानिस मरेपछि कहाँ जान्छ? यहि कौतुहलता मेटाउन ओशो १२ वर्षको उमेर छदाँ मसानघाट जाने गर्थे।

१४ वर्षको उमेरमा सात दिनसम्म मृत्युको पर्खाइ

ज्योतिषिले २१ वर्षको उमेरसम्म हरेक सात वर्षमा ओशोको मृत्युको योग छ भनि बताएका थिए। १४ वर्षको उमेर हुँदा ओशोले सात दिनसम्म एक मन्दिरमा सुतेर मृत्युको प्रतिक्षा गरेका थिए।

संन्यासी बन्नेपश्चात पिताले खुट्टा समातेर रोए

ओशोले आफ्नै पितालाइ सन्यासी बन्न प्रेरित गरेका थिए। सन्यास लिए पश्चात ओशोका पिताले उनको पाउ छोएर रोएका थिए। उनीसंग १४०० एकड खेतीयोग्य जमिन थियो।

साथीलाइ पानीमा डुबाउन खोज्थे

rajneesh osho images (3)

ओशोलाई नदीको किनारा निकै प्यारो थियो। उठ्नासाथ नदि पुग्थे, स्नान गर्थे अनि घण्टौसम्म नदीको पानी हेरेर बस्थे। नदिमा नुहाउँदा संगै साथीलाइ पटकपटक नदीमा डुबाउन खोज्थे। यहि विषयमा साथीसंग विवाद चल्थ्यो। उनी भन्थे, ‘मलाइ देख्ने इच्छा छ की मान्छे मरेपछि कहाँ जान्छ?’

हात्तीमा बसेर स्कुल गए

rajneesh osho images (1)

ओशोलाइ सुरु देखि नै आरामदायी जीवन जीउने बानी लागेको थियो। एक पटक हात्तीमा बसेर मात्र स्कुल जाने ढिपी लिए। हैरान गरेपछि उनका पिताले हात्तीको व्यवस्था गर्नु पर्यो। ओशो हात्तीमा बसेर स्कुल गए।

गरिबको चिन्ता छैन, धनीको गुरु

ओशोले अन्तर्वार्तामा कयौं पटक आफुलाई धनीहरुको गुरु भन्थे। उनी भन्थे, ‘गरिबको चिन्ता गर्ने कयौं गुरु छन्, मलाई धनीहरुको बारेमा सोच्न देउ’

दिनमा तीन किताब पढिसक्थे

ओशो पढ्ने-लेख्ने मामलामा निकै शौखिन थिए। किशोरावस्थामा नै एक दिनमा तीन किताबसम्म पढिसक्थे। उनलाई जर्मनी, मार्क्स र भारतीय दर्शमको किताब बन्ने विशेष शोख थियो।

Related News

मुग्लिन–नारायणगढ सडकमा दुई बस ठोक्किँदा सडक अवरुद्ध, केही यात्रु घाइते
मुग्लिन–नारायणगढ सडकमा दुई बस ठोक्किँदा सडक अवरुद्ध, केही यात्रु घाइते
  • २०७६ चैत्र ७

मुग्लिन–नारायणगढ सडकमा दुई बस ठोक्किँदा सडक अवरुद्ध, केही यात्रु घाइते...

TOP