नेपाल भ्रमणमा आएको चिनियाँ प्रतिनिधिमण्डलले नेकपा (प्रचण्ड–नेपाल खेमा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग वार्ता गरेको छ ।
प्रचण्डसँगको भेटका लागि चिनियाँ टोली सोमबार बिहान उनको निवास खुलमटार पुगेको हो । उनीहरुबिच झण्डै दुई घण्टा वार्ता भएको हो ।
यसैबीच चिनियाँ कम्युनिष्ट पार्टीबाट नेपाल भ्रमणमा आएको टोलीले नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपाललाई भेटेको छ ।
बानेश्वरको एभरेष्ट होटलमा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीबीच भेटवार्ता भइरहेको हो ।
यसअघि चिनियाँ टोलीले आइतबार बेलुका प्रधानमन्त्री तथा नेकपा (ओली खेमा) का अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गरेको थियो ।
आइतबार दिउँसो करिब साढे एक बजे चाइना एयरको विशेष विमानबाट काठमाडौँ आइपुगेको चिनियाँ टोलीले भेटको क्रममा नेकपा एकता र अस्थीर राजनीतिबारे कुराकानी भएको स्रोतले जानकारी दिएको छ ।
नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चिनियाँ टोली काठमाडौँ आइपुगेको हो।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबार काठमाडौँ आएको हो ।
चिनियाँ राष्ट्रपति सी जिङपिङको सन्देश लिएर उक्त टोली काठमाडौँ आएको हो।
टोलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि भेट्ने कार्यक्रम छ ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसका केही नेतालाई पनि भेट्ने कार्यक्रम छ ।
दिपायल । समस्याग्रस्त सहकारीका ६ हजार धेरै बचतकर्ताको बचत फिर्ता...