२०७८ बैशाख ४, शनिबार
April 17, 2021, Saturday

कोरोनासम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारलाई ५ वर्ष जेल

बेइजिङ । चिनियाँ नागरिक पत्रकारलाई वुहानमा कोरोना भाइरससम्बन्धी रिपोर्टिङमा संलग्‍न भएको भन्दै जेल सजाय तोकिएको छ । पत्रकार जाङ जानलाई कोरोना भाइरसको प्रकोप देखिएको भन्दै रिपोर्टिङ गरेकी थिइन् ।

उनलाई गत मेमा प्रहरीले नियन्त्रणका लिएको थियो । गलत सूचना फैलाएको आरोपमा ३७ वर्षीय उनलाई पाँच वर्षको जेल सजायसमेत तोकिएको छ ।

पूर्व अधिवक्तासमेत रहेकी उनले प्रकोपबारे रिपोर्टिङ गरेपछि ६ महिनाअघि पक्राउ परेकी थिइन् । उनलाई सांघाईस्थित एक नजरबन्दमा राखिएको थियो ।

उनीमाथि “भ्रम फैलाउने र समस्या निम्त्याउन” भूमिका खेलेको आरोप लगाइएको थियो, उनी सामाजिक सञ्‍जाल र स्ट्रिमिङ अकाउन्टमार्फत प्रकोपबारे रपोर्टिङ गर्ने गरेकी थिइन् । उनी चीनको आलोचक र सामाजिक अभियन्तासमेत हुन् ।

सोमबार प्रकाशित अभियोगपत्र अनुसार झाङले इन्टरनेटमार्फत सामाजिक सञ्‍जाल विच्याट, ट्विटर र युट्युवमा भिडियो र टेक्सका माध्यमबाट गलत सूचना फैलाएको आरोप लगाइएको छ ।

“उनले विदेशी मिडिया फ्रि रेडियो एशिया र इपोच टाइम्ससँगको अन्तर्वार्तामा पनि वुहानको कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिने बताएकी थिइन् ।

उनलाई हङकङका प्रदर्शनकारीहरुलाई समर्थन गरेको भन्दै सन् २०१८ र सन् २०१९ मा पनि चिनियाँ अधिकारीहरुले नियन्त्रणमा लिएका थिए । त्यस समय पनि उनलाई दुई महिना भन्दा बढी समयसम्म हिरासतमा राखिएको थियो र मानसिक यातना दिइएको चिनियाँ मानवअधिकारवादी संस्था सीएचआरडीले जनाएको छ । – द गार्जियन

Related News

डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
  • २०७७ मंसिर २६

कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...

नेपालमा फैलियो डबल म्युटेन्ट र  यूके भेरियन्ट कोरोना
नेपालमा फैलियो डबल म्युटेन्ट र यूके भेरियन्ट कोरोना
  • २०७७ मंसिर २६

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...

केआइसिंहमा शुभकामना आदान प्रदान
केआइसिंहमा शुभकामना आदान प्रदान
  • २०७७ मंसिर २६

डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...

TOP