२०८१ बैशाख २, आईतवार
April 14, 2024, Sunday

कमेडियन भारती र हर्ष लागुऔषध प्रकरणमा पक्राउ

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले लागुऔषध प्रकरणमा चर्चित भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान् हर्ष लिंवाचियालाई नियन्त्रणमा लिएको छ। एनसीबीले दुबैजनालाई हिरासतमा लिएर सोधपुछ गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

शनिबार एनसीबीले भारतीको घरमा छापा मारेको थियो। खानतलासीका क्रममा उनको घरमा गाँजासमेत भेटिएको बताइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतीका श्रीमान् हर्षलाई एनसीबीले आफ्नै गाडीमा राखेर सोधपुछका लागि लगेको थियो। भारती भने पछि आफ्नै गाडीमा गएकी थिइन्।

भारतीले आफूलाई केवल सोधपुछको लागि बोलाइएको प्रतिक्रिया दिएकी छन्। भारती र हर्षमाथि लागुऔषध सेवन गर्ने गरेको आरोप छ।

सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा ड्रग्स कनेक्सन देखिएपछि एनसीबीले अनुसन्धानलाई तीव्रता दिएको थियो। अनुसन्धानका क्रममा भारती र उनका श्रीमान् हर्षको नाम सार्वजनिक भएपछि एनसीबीले उनीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यसअघि एनसीबीले लागुऔषध प्रकरणमा बलिउड अभिनेत्री दीपिका पादुकोण, श्रद्धा कपूर, रकूलप्रीत सिंह र सारा अलि खानसँग सोधपुछ गरिसकेको छ।

केही दिनअघि मात्रै एनसीबीले बलिउड अभिनेता अर्जुन रामपालको घरमा छापा मार्नुका साथ सोधपुछसमेत गरेको थियो।

Related News

सुदूरपश्चिममा नयाँ वर्षसँगै सिस्नु लगाएर ‘बिसु’ पर्व मनाइँदै
सुदूरपश्चिममा नयाँ वर्षसँगै सिस्नु लगाएर ‘बिसु’ पर्व मनाइँदै
  • २०७७ मंसिर ६

दिपायल – सुदूरपश्चिम प्रदेशमा आज नयाँ वर्षसँगै “बिसु पर्व” मनाइँदै...

TOP