२०७८ माघ ३, सोमबार
January 17, 2022, Monday

अफगानिस्तानको काबुल विश्वविद्यालयमा आक्रमण : कम्तीमा २२ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा रहेको काबुल विश्वविद्यालयमा बन्धुकधारीको आक्रमणबाट कम्तीमा २२ जनाको ज्यान गएको छ । सोमबार बन्दुकधारीले विश्वविद्यालयमा प्रवेश गरेर गोली चलाएका हुन् ।

त्यसपछि सुरक्षाकर्मी र बन्दुकधारीबिच तीन घण्टासम्म भिडण्त भयो । तीन बन्दुकधारी मारिएपछि आक्रमण रोकिएको अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

इस्लामिक स्टेटको क्षेत्रीय समूहले आक्रमणको जिम्मा लिएको छ । विश्वविद्यालयमा इरानियन पुस्तक मेलाका लागि सरकारी अधिकारी आउने तय भएको समय भन्दा केही पहिलेदेखि आक्रमण सुरु भएको हो ।

केही घण्टासम्म चलेको आक्रमणमा थप २२ जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सरकारले मंगलबारका लागि राष्ट्रिय शोकको घोषणा समेत गरेको छ ।

Related News

पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण
पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण
  • २०७७ कार्तिक १८

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । मन्त्री आलेलाई कोरोना संक्रमण भएको उनको...

डोटीमा संक्रमण नियन्त्रण फितलो
डोटीमा संक्रमण नियन्त्रण फितलो
  • २०७७ कार्तिक १८

डोटी – भारतबाट घर फर्कने क्रममा केआईसिंह गाउँपालिका–६ का वीरभान तिरुवा (नाम परिवर्तन) को महाकाली अस्पताल कञ्चनपुरमा एन्टिजेन परीक्षण भयो ।...

दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन सिफारिस
दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन सिफारिस
  • २०७७ कार्तिक १८

काठमाडौं – राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारिस गरेको छ...

TOP