२०७८ बैशाख २४, शुक्रबार
May 7, 2021, Friday

काेराेना महामारीबीच बिहारमा पहिलो चरणको मतदान सुरु

पटना– काेराेना महामारीबीच भारतको बिहारमा विधानसभा निर्वाचन सुरु भएको छ। पहिलो चरणमा १६ जिल्लाका ७१ विधानसभा क्षेत्रमा कडा सुरक्षाका बीच बुधबार बिहान ७ बजे मतदान सुरु भएको हो। 

मुख्य निर्वाचन अधिकारी सञ्जयकुमार सिंहले ७१ विधानसभा क्षेत्रमा बिहान ७ बजेदेखि कडा सुरक्षा व्यवस्था र कोरोना भाइरस जोखिमको निर्देशन पालना गर्दै मतदान भइरहेको जानकारी दिए।

आज दुई करोड १४ लाख ८४ हजार ८७८ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।

निष्पक्ष एवम् शान्तिपूर्ण मतदानका लागि सबै निर्वाचन केन्द्रमा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ।

केही संवेदनशील र अतिसंवेदनशील क्षेत्रमा मतदानको समय साँझ ५ सम्म तोकिएको छ भने अन्य क्षेत्रमा ६ बजेसम्म मतदान हुनेछ।

२४३ सिटमध्ये आज ७१ सिटका लागि निर्वाचन हुन लागेको हो।

दोस्रो चरणको मतदान नोभेम्बर ३ मा र तेस्रो चरणको निर्वाचन नोभेम्बर ७ मा हुने कार्यक्रम छ। मत परिणाम नोभेम्बर १० मा सार्वजनिक गरिनेछ।

बिहारमा नीतीशकुमार लगातार चौथो पटक मुख्यमन्त्री बन्नका लागि चुनावी मैदानमा छन्। 

सबैभन्दा बढी ४२ सिटमा राजद, ४१ सिटमा लोजपा र ४० सिटमा रालोसपा चुनावी मैदानमा  छन्। भाजपा २० स्थानमा र उसको सहयोगी दल ३५ सिटमा चुनाव लडेको छ। यस्तै कांग्रेसले २२ सिटमा उम्मेदवारी दिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस संक्रमण  जाेखिम रहेकाले सावधानीसाथ मतदान गर्न सबै मतदातालाई अपिल गरेका छन्। द प्रिन्ट

Related News

सुदूरपश्चिममा कोरोना सङ्क्रमितको उपचार तथा व्यवस्थापन असहज
सुदूरपश्चिममा कोरोना सङ्क्रमितको उपचार तथा व्यवस्थापन असहज
  • २०७७ कार्तिक १२

मुलुक यतिबेला कोरोना भाइरस महामारीको चपेटामा छ। सुदूरपश्चिम प्रदेश पनि यो रोगको महामारीवाट अछुतो छैन। प्रदेशका तराइका कैलाली र कञ्चनपुरमा...

डोटीका २३ सहित सुदूरपश्चिमका ७८५ जनामा कोरोना पुष्टि : ६४ जनाले कोरोना जिते
  • २०७७ कार्तिक १२

डोटी- पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरेर कूल १८३२ नमूना परीक्षण गर्दा ७८५ जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय...

सुदुरपश्चिम प्रदेश प्रमुख  यादबद्धारा पदभार ग्रहण
सुदुरपश्चिम प्रदेश प्रमुख यादबद्धारा पदभार ग्रहण
  • २०७७ कार्तिक १२

धनगढी- नवनियुक्त सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगाप्रसाद यादवले शुक्रवार पदभार ग्रहण गरेका छन् । धनगढी आएको लगत्तै प्रदेश प्रमुख यादवले...

TOP