कोरोनाविरूद्धको भ्याक्सिनलाई लिएर विभिन्न देशले आ–आफ्नो दावी गरिरहेका छन्।
जहाँ रुसले यसै महिनाको अन्त्यमा बजारमा कोरोना भाइरसको भ्याक्सिन ल्याउने दावी गरेको छ भने अमेरिकी राष्ट्रपतिले नोभेम्बरसम्ममा।
चीन पनि यो मामिलामा आगाडि छ। चीनले पनि छिट्टै कोरोनाको भ्याक्सिन तयार हुने दावी गरिरहेको छ।
तर, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एडहोनम गेब्रेसियसले यसै वर्षको अन्त्यसम्म कोरोना भ्याक्सिनको उत्पादन भइसक्ने आशा व्यक्त गरेका छन्।
डब्ल्यूएचओका प्रमुखले यति छिटो भ्याक्सिनको उत्पादन हुन्छ भनेर पहिलो पल्ट सार्वजनिक मन्तब्य दिएका हुन्।
उनले विश्वभरिका नेतालाई कोरोना महामारीविरूद्धको अभियानमा एकजुट हुन आवहान पनि गरेका छन्।
यसले भ्याक्सिन उत्पादनपछि सबै देशलाई समानताको आधारमा बिक्री वितरण गर्न सहयोग पुग्ने उनको भनाई छ।
‘मलाई लाग्छ, भ्याक्सिन उत्पादन भइसकेपछि सबै देशमा यसको समान वितरणका लागि विश्वभरिका नेताहरू राजनीतिक प्रतिबद्धतासहित एकजुट हुन जरुरी छ,’ डब्ल्यूएचओ प्रमुख ट्रेडोसले भनेका छन्।
डब्ल्यूएचओमा कोभेक्स ग्लोबल भ्याक्सिन फेसिलिटीअन्तर्गत ९ वटा भ्याक्सिन उत्पादनको परीक्षणमा छ। यसको उद्देश्य २०२१ को अन्त्यसम्म २ सय करोड खोप विश्वभरि वितरण गर्नेछ।
हाल कोरोनाबाट ३ करोड ५७ लाख मानिस संक्रमित भइसकेका छन्। जसमा २ करोड ४८ लाख ठिक भएको र १० लाख बढी मानिसले ज्यान गुमाइसकेका छन्।
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको फैसलालाई ऐतिहासिक भनेका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको...
काठमाडौं- संवैधानिक इजलासले मंगलबार निर्णय सुनाउँदै सरकारले गरेको सिफारिसको निर्णय संविधानसम्मत नभएको भन्दै खारेज गरेको हो। अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको...