बैतडी- सीमा नाका सुचारु गर्नुपर्ने माग गर्दै भारतीय व्यवसायीले झुलाघाट नजिकै अनसुन सुरु गरेका छन् ।
नेपाली ग्राहक रहेका सीमा क्षत्रका भरातीय व्यवसायीले सीमा नाका बन्द हुँदा व्यापार व्यवसाय बन्द भएको सीमा तत्काल सुचार गर्नुपर्ने माग राख्दै अनसन बसेका हुन् ।
नेपाली मिति अनुसार भारतले चैत ८ गते देखी अन्तराष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय संगै झुलाघाट नाका पनि बन्द भएको थियो । झुलाघाटका व्यवसायीले असोज ९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतकै उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतलाई सीमा नाका सुचारु गर्न धार्चुला प्रशासन मार्फत ज्ञापनपत्र पठाएका थिए ।
नेपाली ग्राहकको भरमा चलेको झुलाघाट बजार नाका बन्द भएपछि सुनसान छ । कोरोना कहरका कारण गरिएको लकडाउनले व्यापार व्यवसाय ठप्प रहेको भन्दै आर्थिक प्याकेजको घोषणाा गर्नुपर्ने, बैंक ब्याज मिनाहा गर्नुपर्ने, पानी र बिजुलीको बिल मिनाहा गर्नुपर्ने अनशनरत उनीहरुको माग छ ।
भारतले देशभर लकडाउन खुला गरेको भए पनि सीमापुल नखुल्दा आफ्नो रोजीरोटी खोसिएको व्यापारीहरुको भनाइ छ ।
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी...
डोटी– सुदूरपश्चिमका पत्रकार मनमोहन स्वारले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि सहयोग गरेकाछन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, नेपाल...
डोटी- होटल व्यवसायी संघ डोटीले वनभोज कार्यक्रम आयोजना गरेको छ । होटल व्यवसायी संघको स्थापना दिवसको अवसर पारेर वनभोज कार्यक्रमको...