२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ९४ लाख नाघ्यो : नाै लाख ३२ हजार बढीको मृत्यु

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या विश्वमा दुई करोड ९४ लाख नाघेको छ । वर्ल्डोमिटर्स डट इन्फोका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ९४ लाख ३३ हजार चार सय ५२ पुगेको छ ।

जसमध्ये दुई करोड १२ लाख ६४ हजार नाै सय ८१ जना संक्रमण मुक्त भइसकेका छन् । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या नौ लाख ३२ हजार तीन सय ३० पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा भारत पुगेको छ । अमेरिकामा संक्रमतिको संख्या ६७ लाख ४८ हजार आ७ सय ३३ र भारतमा संक्रमितको संख्या ४९ लाख २६ हजार नाै सय १४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

तेस्रो नम्बरमा रहेको ब्राजिलमा ४३ लाख ४९ हजार पाँच सय ४४ पुगेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशहरुमा फैलिसकेको छ ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ भाद्र ३०

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP