२०८३ श्रावण २८, बिहीबार
August 13, 2026, Thursday

इटाली कोरनाबाट सर्वाधिक प्रभावित हुने दोश्रो मुलुक : एकैदिन ४७५ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकैदिन ४७५ जनाको मृत्यु भएको छ। यो कोरोना भाइरसको संक्रमण सुरु भएयता इटालीमा एकैदिन भएको सर्वाधिक मृत्यु हो।

योसँगै संक्रमणबाट त्यहाँ ज्यान गुमाउनेको संख्या करिब ३ हजार पुगेको छ। इटालीमा हालसम्म ३५ हजार ७१३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ हजार जना स्वास्थ्य-लाभ गरी घर फर्किएका छन्।

कोरोना भाइरसका कारण इटालीमा सबैभन्दा बढी मृत्यु लोम्बार्डी क्षेत्रमा भएको छ। त्यहाँ एकैदिन ३१९ जनाको कोरनाभाइरसका कारण ज्यान गएको छ। इटाली कोरना भाइरसबाट सर्वाधिक प्रभावित हुने चीनपछिको दोश्रो मुलुक हो। कोरोना भाइरसको रोकथामका लागि पूरै इटाली दुई सातादेखि ‘लकडाउन’मा छ।

Related News

देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द, चिकित्सक संघको आन्दोलन
देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द, चिकित्सक संघको आन्दोलन
  • २०७६ चैत्र ६

देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द, चिकित्सक संघको आन्दोलन...

TOP