२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025, Friday

इटाली कोरनाबाट सर्वाधिक प्रभावित हुने दोश्रो मुलुक : एकैदिन ४७५ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकैदिन ४७५ जनाको मृत्यु भएको छ। यो कोरोना भाइरसको संक्रमण सुरु भएयता इटालीमा एकैदिन भएको सर्वाधिक मृत्यु हो।

योसँगै संक्रमणबाट त्यहाँ ज्यान गुमाउनेको संख्या करिब ३ हजार पुगेको छ। इटालीमा हालसम्म ३५ हजार ७१३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ हजार जना स्वास्थ्य-लाभ गरी घर फर्किएका छन्।

कोरोना भाइरसका कारण इटालीमा सबैभन्दा बढी मृत्यु लोम्बार्डी क्षेत्रमा भएको छ। त्यहाँ एकैदिन ३१९ जनाको कोरनाभाइरसका कारण ज्यान गएको छ। इटाली कोरना भाइरसबाट सर्वाधिक प्रभावित हुने चीनपछिको दोश्रो मुलुक हो। कोरोना भाइरसको रोकथामका लागि पूरै इटाली दुई सातादेखि ‘लकडाउन’मा छ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७६ चैत्र ६

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP