२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

लेबनानमा शक्तिशाली बिस्फोट : ७८ जनाको मृत्यु, ४ हजार बढी घाइते

लेबनानको राजधानी बेरूतमा विस्फोटक पदार्थ भण्डारण गरेर राखिएको एक गोदाममा विष्फोट हुँदा मारिनेकाे संख्या ७८ पुगेकाे छ । 

विस्फोटबाट नजिकका भवनहरू ध्वस्त हुनुका साथै करिब ४ हजार मानिसहरु घाइते भएको बीबीसीले जनाएको छ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । बीबीसीका अनुसार बिस्फोटको आवाज पुर्वी भुमध्य सागरको साइप्रस टापुको २ सय ४० किलोमिटर सम्म फैलिएको थियो ।

गोदाममा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रुपमा भण्डारण गरिएको खुलासा भएको छ ।

लेवननका राष्ट्रपति मिशेल अउनले घटना निकै निन्दनीय भएको भन्दै घटनामा संलग्न जो कोहीलाई पनि कडा कारबाही गरिने चेतावनी दिएका छन् ।

घटना लगत्तै ट्वीट गर्दै राष्ट्रपति मिसेलले घटनाको बारेमा गम्भीर अनुसन्धान थालिने प्रतिक्रिया दिएका छन् ।

घटनालाई लिएर उनले बुधबार मन्त्रीपरिषदको आपतकालिन बैठक डाकेका छन्। उनले दुई साता देशमा आपतकालको घोषणा गर्नुपर्ने बताएका छन्।

घटना पछी लेवननमा तीन दिवसीय शोक अवधि घोषणा गरिएको छ ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७७ श्रावण २१

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP