२०८२ बैशाख १८, बिहीबार
May 1, 2025, Thursday

भारतमा कोरोना संक्रमण र मृत्युदर अमेरिका र ब्राजिलमा भन्दा धेरै

काठमाडौं- तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा लगातार दुई दिन अमेरिका र ब्राजिलमा भन्दा धेरै संक्रमित थपिएका छन् । मृत्युदर पनि कोरोनाबाट अति प्रभावित दुई देशको भन्दा धेरै देखिएको छ।

दिनहुँ ५० हजारभन्दा धेरैमा कोरोना पुष्टि हुने गरेको भारतमा सोमबार एकै दिनमा ५० हजार ६ सय २९ जनामा संक्रमित थपिएका छन् । ८ सय १० जनाको मृत्यु भएको छ ।

आइतबार ५२ हजार ७ सय ८३ जना संक्रमित थपिदा ७ सय ५८ जनाको मृत्यु भएको थियो । यी दुबै दिन थपिएका संक्रमित र मृत्युदर अमेरिका र ब्राजिलको भन्दा धेरै हो ।

अमेरिकामा २४ घण्टाको अवधीमा ४८ हजार ६ सय २२ जनामा संक्रमण पुष्टि भएको छ भने ५ सय ६८ जनाको मृत्यु भएको छ । आइतबार अमेरिकामा ४९ हजार ५ सय ६२ जना संक्रमित हुँदा ४ सय ६७ जनाको मृत्यु भएको थियो ।

यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा १७ हजार ९ सय ८८ जना संक्रमित थपिएका छन् भने ५ सय ७२ जनाको मृत्यु भएको छ । आइतबार २४ हजार ८ सय १ संक्रमित हुँदा ५ सय १४ जनाको मृत्यु भएको थियो ।

अमेरिका र ब्राजिल कोरोनाबाट सबैभन्दा बढि आक्रान्त भएका मुलुक हुन् ।

अमेरिकामा अहिलेसम्म ४७ लाख १२ हजार ९ सयभन्दा धेरै संक्रमित भएका छन् भने १ लाख ५५ हजार ३ सय ९८ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा अहिलेसम्म २७ लाख ३३ हजार ६ सय ७७ जनामा संक्रमण पुष्टि हुँदा ९४ हजार १ सय ४ जनाको मृत्यु भएको छ ।

भारतमा भने १८ लाख ३ हजार ६ सयभन्दा धेरै कोरोनाबाट संक्रमित भएका छन् भने ३८ हजार १ सय ३५ जनाको मृत्यु भएको छ ।

Related News

डोटीमा इभि हाइस दुर्घटना :  ७ जना घाइते
डोटीमा इभि हाइस दुर्घटना :  ७ जना घाइते
  • २०७७ श्रावण २०

दिपायल, वैशाख १७ गते ।  डोटीमा इभि हाइस दुर्घटना हुँदा...

TOP