
काठमाण्डौ – भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) ले कोरोना भाइरसविरुद्धको खोप १५ अगस्टसम्म उपलब्ध हुन सक्ने बताएको छ । परिषद्ले यो खोप परीक्षणसँग जोडिएका संस्थानहरुलाई पत्र लेख्दै यो कुरा बताएको हो ।
यो खोप आईसीएमआर र हैदराबादमा रहेको भारत बायोटेक कम्पनीले मिलेर बनाइरहेका छन् ।
आईसीएमआरले एक पटक खोपको क्लिनिकल परीक्षण पूरा भए १५ अगस्ट अर्थात् भारतको स्वतन्त्रता दिवसको दिन खोप सर्वसाधरणका लागि उपलब्ध गराउन सकिने जनाएको छ ।
क्लिनिकल परीक्षणको लागि भारतका १२ वटा संस्थानलाई चुनिएको छ । आईसीएमआरका निर्देशक डाक्टर बलराम भार्गवले गएको २ जुलाईमा ती १२ वटा संस्थानलाई चिठी लेख्दै ७ जुलाईसम्म क्लिनिकल परीक्षणको इजाजत लिइसक्नुपर्ने बताएका थिए ।
थप पढ्नुस् https://ujyaaloonline.com/story/39749/2020/7/4/covid-19-vaccine-in-india-may-in-15-august
दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...