२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026, Friday

चीनद्वारा तीनजना अमेरिकी पत्रकारलाई देश निकाला

चीनले तीनजना अमेरिकी पत्रकारलाई देश निकाला गरको छ । अमेरिकी पत्रिकासँग आबद्ध तीनजना पत्रकारहरुलाई चीनले आफ्नो देशबाट निष्कासन गरेको हो ।

अमेरिकामा केही चिनियाँ सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाइएपछि त्यसको प्रत्युत्तरमा चीनले द न्यूयोर्क टाइम्स, द वाशिङ्टन पोस्ट र द वाल स्ट्रीट जर्नलका पत्रकारहरूलाई उनीहरूसँग रहेको सञ्चारकर्मीको अनुमतिपत्र १० दिन भित्र फिर्ता गर्न निर्देशन दिएको छ।

चिनियाँ विदेश मन्त्रालयले चीनमा उनीहरूको गतिविधिबारे पनि सूचना माग गरेको छ। चीनका अर्धस्वायत्त क्षेत्र हङ्‌कङ र मकाउमा समेत ती अमेरिकी पत्रिकाका पत्रकारले काम गर्न नपाउने गरी मन्त्रालयले प्रतिबन्ध लगाएको छ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पीओले चीनको यस कदमलाई दुर्भाग्यपूर्ण ठहर गर्दै यस निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।

गत महिना पनि कोरोना भाइरस सङ्क्रमणको प्रकोपबारे लेखिएको सम्पादकीयका कारण चीनले द वाल स्ट्रिट जर्नलका दुई पत्रकारलाई निष्कासन गरेको थियो।

Related News

IUJ ले नेपालमा प्रेस स्वतन्त्रता खस्कँदै गएको भन्दै चिन्ता व्यक्त
IUJ ले नेपालमा प्रेस स्वतन्त्रता खस्कँदै गएको भन्दै चिन्ता व्यक्त
  • २०७६ चैत्र ५

IUJ ले नेपालमा प्रेस स्वतन्त्रता खस्कँदै गएको भन्दै चिन्ता व्यक्त...

TOP