२०८१ बैशाख ५, बुधबार
April 17, 2024, Wednesday

पाकिस्तान र भारतीय सेनाबीच भएको भिडन्तमा गोर्खा सैनिक मारिए

काठमाडौं- पाकिस्तान र भारतीय सेनाबीच भएको भिडन्तमा एक नेपाली गोरखा सैनिक मारिएका छन् ।

सोमबार बिहान जम्मु कश्मीरको रजौरी जिल्लाको नौसेरा सेक्टरमा पाकिस्तानी सेनाले आक्रमण गर्दा भारतीय सेनाका गोर्खा जवान दीपक कार्कीको मृत्यु भएको भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल देवेन्द्र आनन्दले बताएका छन् ।

‘हवलदार दीपक कार्की एक बहादुर र इमान्दार सिपाही थिए’, आनन्दले भनेका छन्, ‘उनको सर्वोच्च त्याग, कर्तव्य र समर्पणका लागि राष्ट्र उनीप्रति सदैव ऋणी रहनेछ।’

उनी गुल्मी जिल्ला छत्रकोट गाउँपालिका–५, खर्ज्याङका स्थायी बासिन्दा रहेको छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए ।

पन्तका अनुसार सोमबार बिहान मारिएका कार्कीको अन्त्यतेष्टिका लागि आज (मंगलबार) बिहान परिवारका सदस्य गोरखपुर हिडेका छन्। मृतक कार्कीका तीन सन्तान छन् ।

Related News

सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि समाजवादीका सोडारीलाई अघि सार्ने निर्णय
सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि समाजवादीका सोडारीलाई अघि सार्ने निर्णय
  • २०७७ असार ९

दिपायल – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एकीकृत समाजवादीले दीर्घ...

TOP