२०८० मंसिर २१, बिहीबार
December 7, 2023, Thursday

भारत बन्‍यो विश्वमा सर्वाधिक संक्रमित भएको चौथो मुलुक

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमित संख्याको आधारमा भारत विश्वको चौथो बढी प्रभावित मुलुक बनेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार भारतले बेलायतलाई पछि पार्दै चौथो बढी प्रभावित मुलुक बनेको हो ।

अहिलेसम्म बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ९२ हजार ८६० छ । तर भारतको स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार भारतमा अहिलेसम्म दुई लाख ९७ हजार ५३५ संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९५६ नयाँ संक्रमित थपिएका हुन् ।

साथै, भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ हजार ४९८ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण ३९६ जनाको मृत्यु भएको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका ९७ हजार ६४८ मा संक्रमण पुष्टि भएको छ भने तीन हजार ५९० जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ । त्यस्तै, तमिलनाडुमा अहिलेसम्म ३८ हजार ७१६ संक्रमित फेला परेका छन् भने ३४९ जनाको मृत्यु भइसकेको छ ।

दिल्लीमा ३४ हजार ६८७ जना संक्रमित भेटिँदा एक हजार ८५ जनाको मृत्यु भइसकेको छ । गुजरातमा २२ हजार ३२ संक्रमित भेटिँदा एक हजार ३८५ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, उत्तर प्रदेशमा अहिलेसम्म १२ हजार ८८ संक्रमित फेला परेका छन् भने ३४५ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा नौ हजार ७६८ संक्रमित भेटिएका छन् भने ४४२ जनाको मृत्यु भइसकेको छ । बिहारमा पाँच हजार ९८३ संक्रमित फेला परेका छन् भने ३६ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ४७ हजार १९५ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

Related News

सुदूरपश्चिममा एक वर्षमा थपिए २५२ एचआइभी संक्रमित
सुदूरपश्चिममा एक वर्षमा थपिए २५२ एचआइभी संक्रमित
  • २०७७ जेष्ठ ३०

दिपायल– सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा दुई सय ५२ जना...

TOP