२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026, Sunday

अवतरणको क्रममा विमानमा आगो दनदनी

अमेरिकामा अवतरणको क्रममा रहेको विमानमा दनदनी आगो लागेको छ । सान डिआगोबाट लास भेगास गएको फ्रन्टियर एअरलाइन्सको विमानमा आगोको मुस्लो र धुँवा देखिएपछि ह्यारी रेड अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक रुपमा अवतरण गरिएको बताइएको छ ।

विमानमा चालक दलका सदस्य र यात्रु गरेर १९० जना थिए । उनीहरुलाई तत्काल सुरक्षित रुपमा उद्धार गरिएको अमेरिकाको सीबीएस न्युजले जनाएको छ ।

अवतरणको क्रममा आकाशमा छँदै विमानमा आगो लागेको चालकहरुले थाहा पाएपछि आपतकालीन अवतरण गराइएको थियो । यात्रु कसैलाई पनि घाउ चोट नलागेको विमानस्थल कार्यालयले जनाएको छ ।

Related News

डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
  • २०८१ आश्विन २०

सिलगढी – डोटी जेसीज बर्ष २०२६ को अध्यक्षमा डिल्लीराज जोशी...

TOP