एजेन्सी- मलेसियामा नौसेनाका दुईवटा हेलिकप्टर आकाशमै ठोक्किपछि १० जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा १० जना सवार थिए ।
नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेको बीबीसीले जनाएको छ । मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए ।
स्थानीय मिडियामा देखिएका फुटेजका अनुसार दुई हेलिकप्टर ठोक्किएर एक स्टेडियममा खसेका थिए ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...