२०८२ फाल्गुन ३०, शनिबार
March 14, 2026, Saturday

दक्षिण काेरियाले ह्वात्तै घटायाे काेराेना संक्रमण : २४ घण्टामा ८ जना मात्रै

दक्षिण कोरियामा गएको २४ घण्टामा  आठ व्यक्तिमा मात्रै  कोरोनाभाइरस सङ्क्रमण देखिएको विवरण प्राप्त भएको छ।
दुई महिनायता सङ्क्रमितको सङ्ख्या एकोहोरो अङ्कमा मात्रै थपिएको यो पहिलो पटक हो।

सङ्क्रमितमध्ये पाँच जना विदेशबाट फर्किएका व्यक्ति भएको बताइएको छ।कुनै बेला चीनपछि एशियामा सर्वाधिक सङ्क्रमण फैलिएको दक्षिण कोरियाले काेराेना भाइरस महामारीकाे उल्लेखनीय रूपमा नियन्त्रणमा गर्दै गएको छ ।

फेब्रुअरी महिनामा एशियामा चीनपछि धेरै सङ्क्रमित हुनेको सङ्ख्या दक्षिण कोरियामा थियो।फेब्रुअरी महिनामा एशियामा चीनपछि धेरै सङ्क्रमित हुनेको सङ्ख्या दक्षिण कोरियामा थियो।कोरोनाभाइरस प्रकोप नियन्त्रणमा ल्याउन दक्षिण कोरियाले सम्भावित सङ्क्रमित व्यक्तिको परीक्षण र पहिचान गर्न उपायहरू व्यापाक रूपमा अवलम्बन गरेको थियो।

राष्ट्रपति मुन जे-इनले आफ्नो देशले कोरोनाभाइरस नियन्त्रणका लागि गरेको प्रगतिले कोभिड-१९ लाई परास्त गर्न सकिने आशा विश्वका अन्य भागमा पनि दिने बताए।
व्यक्तिगत दूरी कायम गर्ने अभियानलाई थप बढाउने कि नबढाउने भन्ने विषयमा अधिकारीहरूले आइतवार सोलमा निर्णय गर्ने अपेक्षा गरिएको छ।

यसअघि कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि उदाहरणीय काम गरेको भन्दै प्रशंसा पाएको दक्षिण कोरियाले एप्रिल ४ तारिखमा दुई साताका लागि सामाजिक दूरी कायम गर्ने समयसीमा थपेको थियो। उक्त समयसीमा आइतवार सकिँदैछ।

व्यक्तिगत दूरी कायम गर्नका लागि दक्षिण कोरियालीहरूलाई सार्वजनिक स्थलमा एकअर्काभन्दा दुई मिटर पर उभिन सुझाव दिइएको छ।

उनीहरूलाई गिर्जाघर र अन्य भेलामा नजान सल्लाह दिइएको छ।एक महिनाका लागि बन्द गरिएका विद्यालयहरूले अनलाइनमार्फत् पढाउन थालिसकेका छन्।   

Related News

छिमेक लघुवित्तद्वारा शिखरमा स्वाथ्य शिविर सञ्चालन, ७ सय ३३ जनाले लिए सेवा 
छिमेक लघुवित्तद्वारा शिखरमा स्वाथ्य शिविर सञ्चालन, ७ सय ३३ जनाले लिए सेवा 
  • २०७७ बैशाख ७

दिपायल – शिखर नगरपालिकामा आयोजना गरिएको एक दिने निःशुल्क स्वाथ्य...

TOP