२०८० मंसिर १९, मंगलवार
December 5, 2023, Tuesday

टर्की र सिरिया भूकम्पमा २२ हजारभन्दा बढीको मृत्यु,दशौँ हजार घाइते

इस्तानबुल–  स्टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीएको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपील गरेको छ ।

उद्धारकर्मीहरूका अनुसार टर्कीएमा १८ हजार नौ सय ९१ जना तथा सिरियामा तीन हजार तीन सय ७७ जनाले ज्यान गुमाएका छन् । सिरियाको सरकार नियन्त्रित क्षेत्रमा एक हजार तीन सय ४० जना हताहत भएका छन् भने विद्रोही पकड जमाएको भूभागमा दुई हजार ३७ जनाले ज्यान गुमाएका छन् ।

टर्की र सिरियाले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपील गरेका छन् । विश्व ब्याङ्कले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले अन्तर्राष्ट्रिय समुदायलाई टर्कीएका भूकम्पपीडितका लागि थप आर्थिक सहायता उपलब्ध गराउन आह्वान गरेका छन् ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७९ माघ २८

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP