२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

भूकम्पमा परी पाँच सयभन्दा बढीको मृत्यु

बेरुत- दक्षिण पूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रबिन्दु रहेको ७.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु दुवै देशहरूमा गरी पाँच सयभन्दा बढी पुगेको बीबीसीले उल्लेख गरेको छ । यो अहिलेसम्मकै सबैभन्दा ठूलाे भूकम्प हो ।

३७ लाख सिरियाली शरणार्थीहरू बसोबास गरिररहेकाे सो स्थानको नजिकै केन्द्रबिन्दु भएर भूकम्प गएको बत्ताइएको छ । यो विश्वको सबैभन्दा बढी शरणार्थी शिविर हो ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु भई सो भूकम्प गएको हो।

युनिभर्सिटी कलेज अफ लण्डनका स्टेफेन हिक्कका अनुसार अहिलेसम्म ४० वटा भूकम्पका पराकम्पन गइसकेका छन् । मुख्य भूकम्प गएको दश मिनेटपछि ६.७ म्याग्निच्युडको पराकम्पन गएको छ ।

भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा गरी २३७ भन्दा बढीको मृत्यु र छ सय जना घाइते भएका छन् ।

भूकम्पको धक्का लेबनान, साइप्रसमा पनि महसुस गरिएको थियो ।

भूकम्पका कारण सम्भावित सुनामीको मध्यनजर गरी इटालीमा जोखिम न्यूनीकरणकाे व्यवस्थापन गरिएकाे बीबीसीले उल्लेख गरेको छ ।

८० वर्ष अघि टर्कीमा सन् १९३९ मा ७.८ म्याग्निच्युडको भूकम्प जाँदा ३० हजार सर्वसाधारणको मृत्यु भएको थियो । यस्तै, २०२० जनवरीमा ६.७ म्याग्निच्युडकोकाे भूकम्प जाँदा ४१ जनाको ज्यान गएको थियो । –उपेश महर्जन (बीबीसी, अलजजिरा) को सहयोगमा ।

Related News

प्रभावकारी न्याय सम्पादन मेरो प्रमुख जिम्मेवारी : प्रधान न्यायाधीश
प्रभावकारी न्याय सम्पादन मेरो प्रमुख जिम्मेवारी : प्रधान न्यायाधीश
  • २०७९ माघ २३

दिपायल- प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रभावकारी न्याय सम्पादन गर्नु आफ्नो...

TOP