२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

भारतमा लकडाउन थप दुई साता लम्बिने

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम रोक्न भारतले लकडाउन अवधि थप लम्ब्याउने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नरोकिएपछि भारतले लकडाउनलाई थप दुई साताका लागि बढाउने संकेत देखाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बिहान मुख्यमन्त्रीहरूसँगको भिडियो कन्फरेन्समा लकडाउन लम्बाउने विषयमा छफलग गरेको भए पनि आधिकारिक रुपमा कति समयका लागि लम्ब्याउने भन्ने निर्णय हुन बाँकी रहेको छ ।

यसअघि भारतले मार्च २४ मा भारत सरकारले आगामी मंगलबारसम्मका लागि लकडाउन घोषणा गरेको थियो । प्रधानमन्त्री मोदीले उक्त अवधि सकिनुअगावै लकडाउन बढाउने निर्णय लिने बताइएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीट गर्दै प्रधानमन्त्री मोदी लकडाउन अवधि बढाउने निष्कर्षमा पुगेको पुष्टि गरेका छन् । केजरीवालले त सरकारले औपचारिक निर्णय गर्नुअघि नै निर्णयको स्वागत गरिसकेका छन् ।

‘प्रधानमन्त्रीले लकडाउन बढाउने सही निर्णय लिनुभएको छ । हामीले पहिले नै लकडाउनमा जाने निर्णय गरेकाले अन्य विकसित मुलुकहरूको भन्दा भारतको अवस्था राम्रो छ । लकडाउन अन्त्य गर्‍यौं भने यी सबै उपलब्धि खेर जानेछ । त्यही भएर पनि लकडाउन बढाउनु महत्त्वपूर्ण थियो,’ केजरीवालले ट्वीटरमा लेखेका छन् ।

त्यसैगरी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि प्रधानमन्त्री मोदीले लकडाउन लम्बाउने विषयमा छलफल गरेको खुलासा गरेकी छन् । ‘भिडियो कन्फरेन्सका दौरान प्रधानमन्त्रीले लकडाउन ३० अप्रिलसम्म लम्बिने बताए ।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७६ चैत्र ३०

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP