२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

युक्रेनको द्वन्द्वले अफ्रिकामा आर्थिक तथा खाद्यान्न संकट:राष्ट्रसंघ

फाइल फोटो

युक्रेनको द्वन्द्वले अफ्रिकाका देशहरूमा आर्थिक तथा खाद्यान्न संकट देखा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले युक्रेनमा पछिल्ला दिनमा बढ्दै गएको द्वन्द्वका कारण अफ्रिकामा आर्थिक लगायतको समस्या परेको बताए।

महासचिव गुटरेसले पछिल्लो समयमा यस्तो संकट झनै बढ्दै गएको भन्दै यसलाई कम गर्नका लागि विश्वका दाता देशहरू, अन्तर्राष्ट्रिय संस्थाहरूलाई पनि आग्रह गरेका छन्।

उनले यस्तो संकटको अवस्थामा कमी ल्याउन युक्रेन सहयोग समूह नै स्थापना भएको र यसमार्फत् पनि के कसो गर्न सकिन्छ भनेर तयारी भएको पनि बताए।

रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वमा तेलको समस्या उत्पन्न भएको छ। जसका कारणले पछिल्लो समयमा आर्थिक संकट मात्र नभएर खाद्यान्न लगायतको समस्या पनि उत्पन्न भएको हो। एजेन्सी

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७९ बैशाख २०

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP