२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

मासिक तीन सय युनिटसम्म बिजुली नि:शुल्क दिने मुख्यमन्त्रीको घोषणा

भारतको पञ्जाबका मुख्यमन्त्री भगवंत मानले आउँदो जुलाई १ तारिखदेखि मासिक तीन सय युनिटसम्म बिजुली नि:शुल्क दिने घोषणा गरेका छन् ।आम आद्मी पार्टीको तर्फबाट मुख्यमन्त्रीमा निर्वाचित भएको एक महिना पुगेको अवसरमा मुख्यमन्त्री मानले पञ्जाबका नागरिकले हरेक महिना तीन सय युनिटसम्मको बिजुली नि:शुल्क पाउने घोषणा गरेका हुन् ।

उनले औद्योगिक उपभोक्ताको लागि महसुल नबढाउने र कृषकहरुका उपकरणमा लाग्ने शुल्क पनि कटौती गरिने बताएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ । उनले गएको मंगलबार ट्विट गर्दै आफूले दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालसँग भेट गरेको र पञ्जाबका नागरिकलाई छिटै एउटा खुसीको खबर दिने बताएका थिए । हरेक घरमा तीन सय युनिटसम्म बिजुली नि:शुल्क उपलब्ध गराउने विषय आम आद्मी पार्टीको चुनावी वाचामध्ये एक थियो । यो निर्णय कार्यान्वयन भएमा पञ्जाबका ६२ लाख २५ हजार अर्थात झण्डै ८४ प्रतिशत परिवारले नि:शुल्क बिजुली पाउनेछन् ।

पञ्जाब सरकारले तीन सय युनिटसम्म नि:शुल्क बिजुली दिँदा वार्षिक ५५ अर्ब भारतीय रुपैयाँ बेहोर्नुपर्ने खबरमा उल्लेख छ । यसअघि कांग्रेस आईको सरकारले मासिक दुई सय युनिटसम्मको बिजुली नि:शुल्क गरेको थियो भने सात किलोवाटसम्मका ग्राहकले न्युनतम प्रति युनिट तीन भारु तिरे पुग्थ्यो । गएको महिना भएको चुनावमा पञ्जाबका एक सय १७ सिटमध्ये आम आद्मीले ९२ सिटमा जितेको छ । आम आद्मी नेतृत्वको सरकारले दिल्लीमा गरेको व्यापक सुधार र विकासका कारण अन्य प्रदेशमा पनि पार्टीको प्रभाव बढ्दै गएको छ ।

एजेन्सी

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७९ बैशाख ४

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP