२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्द

अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्द भएको छ ।

चौतर्फी दबाबपछि यसअघि तालिबान सरकारले छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर निर्णय तत्कालका लागि रद्द भएको तालिबान सरकारका प्रवक्ता इनामुल्लाह सामाङ्गानीले पुष्टि गर्नुभएको छ ।

निर्णय किन रद्द गरियो भन्ने बारेमा सरकारी अधिकारीले खुलाएका छैनन् । सरकारले निर्णय कार्यान्वयन नगर्ने भएपछि विद्यालय जाने तयारीमा रहेका छात्रा घरमै बस्न बाध्य भएका छन् । अफगानिस्तानमा तालिबान सरकार गठन भएपछि महिला अधिकार खोसिएको भन्दै अधिकारवादीले निरन्तर आवाज उठाउँदै आएका छन् ।

दबाबका कारण तालिबान सरकारले छात्रालाई अध्ययन अध्यापन, रोजगारी लगायतका काम गर्न दिने निर्णय गरेको थियो । तर तालिबान सरकार निर्णयबाट पछि हटेकोमा संयुक्त राष्ट्र सङ्घले आपत्ति जनाएको समाचार संस्था एएफपीले जनाएको छ ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७८ चैत्र १०

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP