२०८१ असार २८, शुक्रबार
July 12, 2024, Friday

युक्रेनको राजधानी कीभमा ३५ घण्टे कर्फ्यु

युक्रेनको राजधानी कीभमा ३५ घण्टे कर्फ्यु लगाइएको छ। कीभका मेयर भिटाली क्लिट्स्कोले कठिन र खतरनाक क्षणको चेतावनी दिँदै राजधानीमा ३५ घण्टाको कर्फ्यु घोषणा गरेका हुन्।

रूसी हवाई हमलाले रातभर एउटा मेट्रो स्टेशन र आवासीय भवनहरूमा आक्रमण गर्दा चार जनाको मृत्यु भएको थियो। यस्तै, रूसी सेनाले मारिउपोलको एक अस्पतालभित्र डाक्टर र बिरामीसहित ४०० जनालाई बन्धक बनाएर राखेको डेपुटी मेयरलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

मंगलबार मात्रै करिब २० हजार मानिसहरुले शहर छाड्न सफल भएको एक वरिष्ठ युक्रेनी अधिकारीले जानकारी दिएका छन्। यसैबीच, युक्रेनी र रूसी अधिकारीहरुबीचको वार्ता आज पनि जारी रहने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

Related News

प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
  • २०७८ चैत्र २

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल...

TOP