२०८१ बैशाख ६, बिहीबार
April 18, 2024, Thursday

विश्वमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो : मृत्यु हुनेको संख्या ५३ हजार बढी

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १० लाख नाघेको छ ।

पछिल्लो विवरणअनुसार १० लाख १४ हजार ४९९ जना संक्रमित भएका हुन् । यसगरी भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ५३ हजार १६६ पुगेको छ । करिब ६ हजार मृतक थपिँदा मृत्यु हुनेको संख्या बढेको हो ।

दुई लाख १२ हजार मानिस निको भएर घर फर्कंदा करिब ८० हजारमा नयाँ संक्रमण फेला परेको छ ।

अमेरिकामा सबैभन्दा बढी २ लाख ४४ हजारभन्दा बढीमा भाइरसको संक्रमण भएको छ । त्यहाँ ६ हजारभन्दा बढीको मृत्यु भएको छ । १८९ नयाँ मृत्यु थपिएको छ ।

इटालीमा सबैभन्दा धेरैको मृत्यु भएको छ । त्यहाँ १३ हजार ९१५ को मृत्यु भएको छ । ७६० नयाँ मृतक थपिएका छन् । इटालीपछि सबैभन्दा बढी १० हजार३४८ जनाको ज्यान गएको छ । त्यहाँ ९६१ नयाँ मृतक थपिएका छन् ।

बेलायतको स्वास्थ्य सेवाका अनुसार उपचारका क्रममा अस्पतालमा मृत्यु भएकाहरुको संख्या २ हजार ९ सय २१ पुगेको छ । त्यहाँ नयाँ मृतक संख्या ५६९ थपिएको छ । संक्रमण हुनेको संख्या ३३ हजार ७१८ पुगेको छ ।

इरानमा मृत्यु हुनेको संख्या ३ हजार १६० पुगेको छ । नेदरल्याण्डमा १३३९, जर्मनीमा ११०७, बेल्जियममा १०११ जनाको मृत्यु भएको छ ।(एजेन्सी)

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७६ चैत्र २१

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP