२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

डब्लुएचओको स्वीकृतिमा कोरोना विरुद्धका दुई खोप परीक्षण

अस्ट्रेलियाका वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धका सम्भावित दुई खोपको परीक्षण सुरु गरेका छन्। वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्ध कोशेढुंगा साबित हुने ठानिएका खोपको प्रयोगशालामा परीक्षण सुरु गरेका हुन्।

अक्सफोर्ड विश्वविद्यालय र अमेरिकी कम्पनी इनोभिओ फर्मास्यूटिकल्सले बनाएका खोप जनावरमा परीक्षण गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले स्वीकृति दिएको छ।

अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीले खोपले काम गर्छ वा गर्दैन भनेर हेर्ने छ। यस्तै यो परीक्षणको क्रममा खोप मानिसमा प्रयोग गर्न सुरक्षित रहे–नरहेको पनि हेरिने छ।

यी खोपको पहिलो मानवीय परीक्षण गएको अप्रिलमा अमेरिकामा सुरु भएको थियो तर त्यो बेला जनावरमा परीक्षण गर्नु पर्ने चरणलाई बेवास्ता गरिएको थियो।

विश्वभर तीव्र गतिमा कोरोना भाइरविरुद्धका विभिन्न खोपहरु बनाउने प्रयासमा वैज्ञानिकहरु छन्। तर अस्ट्रेलियाको कमनवेल्थ साइन्टिफिक एण्ड इन्डस्ट्रिअल रिसर्च अर्गनाइजेसन (सिएसआइआरओ) ले अहिले गर्न लागिएको परीक्षण सबैभन्दा विस्तृत प्रि–क्लिनिकल परीक्षण हुने बताएको छ।

विश्वभरका वैज्ञानिकको सहकार्यका कारण कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयासमा चाँडै सकारात्मक काम भएको र अहिले परीक्षण गरिएका खोपबाट आश रहेको सिएसआइआरओका डा. रोब ग्रेनफेलले बताएका छन्।

Related News

देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द, चिकित्सक संघको आन्दोलन
देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द, चिकित्सक संघको आन्दोलन
  • २०७६ चैत्र २०

देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द, चिकित्सक संघको आन्दोलन...

TOP