२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

कोरोनाको औषधि भन्दै मेथानोल खाँदा इरानमा झण्डै पाँच सयको मृत्यु, सयौं बिरामी

कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको इरानले अर्को दुखद घटना व्यहोर्नु परेको छ।

कोरोनाको औषधि भन्दै मेथानोल खाँदा इरानमा चार सय ८० जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अन्तराष्टिय सञ्चार माध्यमका अनुसार झण्डै तीनहजारको संख्यामा मेथानोल खाएका बिरामीहरु अस्पताल भर्ना गरिएको छ।

उनीहरुको अवस्था पनि चिन्ता जनक रहेको एपीलाई उद्धृत गर्दै अन्तराष्टिय सञ्चार माध्यमले जनाएको छ। मेथानोल हाइड्रो अक्साइल गु्रपमा पर्ने एक किसिमको अल्कोहोल हो।

सामाजिक सञ्जालमा कोरोनाको औषधि भन्दै मेथानोलको प्रचार गरिएपछि सयौं व्यक्तिले सेवन गरेका हुन्। तथापी इरानमा यसको बिक्री वितरणमा रोक लगाइएको छ।

कोभिड १९ का कारण इरानमा हालसम्म दुई हजार चार सयजनाको मृत्यु भएको छ भने ३२ हजार तीन सय ३२ जना संक्रमित भेट्टिएका छन्। थप संक्रमित भेटिने क्रम जारी रहेको इरानी सञ्चार माध्यमले जनाएका छन्।

इरानका दक्षिण पश्चिमी प्रान्त खुजिस्तान, शिराज, काराज र याजदमा यस्तो समस्या देखिएको हो। अवैधानिक रुपमा मेथानोल बिक्री गर्नेलाई प्रहरीले पक्राउसमेत गरेको छ।

Related News

छिमेक लघुवित्तद्वारा शिखरमा स्वाथ्य शिविर सञ्चालन, ७ सय ३३ जनाले लिए सेवा 
छिमेक लघुवित्तद्वारा शिखरमा स्वाथ्य शिविर सञ्चालन, ७ सय ३३ जनाले लिए सेवा 
  • २०७६ चैत्र १४

दिपायल – शिखर नगरपालिकामा आयोजना गरिएको एक दिने निःशुल्क स्वाथ्य...

TOP