२०८१ कार्तिक १९, सोमबार
November 4, 2024, Monday

कोरोना: इटालीमा ६ हजारको मृत्यु : विश्वभर तीव्र गतिमा फैलिँदै संक्रमण

कोरोना भाइरस संक्रमणको महामारीको हालको इपिसेन्टरका रुपमा रहेको इटालीमा अवस्था सुधार हुने संकेत देखिएको छैन ।

इटालीमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या लगतार बढिरहेको छ । सोमबार पनि थप ६ सय भन्दा बढीको मृत्यु भएको छ । सोमबार एकै दिन ६०२ जनाको मृत्यु भएसँगै इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमानेको संख्या ६ हजार नाघेको छ । त्यहाँ हालसम्म कोभिड–१९ का कारण ६ हजार ७७ जनाको मृत्यु भएको छ ।

यस्तै इटालीमा संक्रमितको संख्या ६३ हजार ९२७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४७ सय ८९ जनामा संक्रमण पुष्टि भएको हो । इटालीमा गएको शनिबार एकै दिन ७९३ जनाको मृत्यु भएको थियो । तर आइतबार र सोमबार भने त्यो भन्दा केही कमको मृत्यु भएको हो ।

पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्र गतिमा बिस्तार भएको छ छ। पछिल्लो २४ घण्टामा १० हजार भन्दा बढीमा नयाँ संक्रमण पुष्टि भएसँगै अमेरिकामा संक्रमितको संख्या कम्तिमा ४३ हजार ७३४ पुगेको छ । यस्तै थप १४० जनाको मृत्यु भएसँगै अमेरिकामा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या ५५३ पुगेको छ ।

स्पेनमा पनि कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बिस्तार भएको छ । पछिल्लो २४ घण्टामा थप ६३ सय ६८ जनामा नयाँ संक्रमण पुष्टि भएको स्पनेमा कुल संक्रमितको संख्या ३५ हजार नाघेको छ । थप ४१ सय ८३ जनामा संक्रमण पुष्टि भएको जर्मनीमा कुल संक्रमितको संख्या २९ हजार ५६ पुगेको जनाइएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा इटालीपछि सबैभन्दा धेरै ५३९ जनाको मृत्यु भएको छ । स्पेनमा मृत्यु हुनेको कुल संख्या २३ सय ११ पुगेको छ । यस्तै २३ हजार ४९ कुल संक्रमित रहेको इरानमा मृत्यु हुनेको संख्या १८ सय १२ पुगेको छ ।

विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या तीन लाख ७८ हजार ८४८ पुगेको छ । विश्वभर अहिलेसम्म १६ हजार ५१४ जनाको मृत्यु भएको छ । यस्तै एक लाख दुई हजार ६९ जना निको भएर घर फर्किएका छन् ।

Related News

डाक्टर उपाध्यायलाई नागरिक सम्मानसहित बिदाइ
डाक्टर उपाध्यायलाई नागरिक सम्मानसहित बिदाइ
  • २०७६ चैत्र ११

दिपायल – सेती प्राविधिक शिक्षालय दिपायलका कृषि प्रशिक्षक (पशु विज्ञान)...

TOP