२०८० आश्विन १५, सोमबार
October 2, 2023, Monday

म्यानमारको सेनाले एक वर्षका लागि मुलुक नियन्त्रणमा लियो

म्यानमारका सैनिक प्रमुख मिन आङ हलिङ्ग

म्यानमार– म्यानमारको सेनाले आफूले एक वर्षका लागि मुलुक नियन्त्रणमा लिएको प्रतिक्रिया दिएको छ । म्यानमार टेलिभिजनलाई उदृत गर्दै एसोसियट प्रेसले भनेको छ, “म्यामारमा प्रजातन्त्रवादी नेतृ आङ सान सू चीसहितका राजनीतिक नेताहरुलाई गिरफ्तार गरेपछि सेनाले मुलुक एक वर्षका लागि नियन्त्रणमा लिएको प्रतिक्रिया दिएको छ ।”

सेनाले सञ्‍चालन गरिरहेको म्यावाडी टिभीले सेनाले तयार पारेको संविधानको मस्यौदा उल्लेख गर्दै मुलुक आपतकालीन अवस्थामा पुगेकोले सेनाले नियन्त्रणमा लिनुपरेको जनाएको छ । सेनाले दाबी गरेको निर्वाचन धाँधलीको विषय समाधान गर्न सरकार असफल भएपछि सेनाले नियन्त्रणमा लिनु परेको उक्त सैन्य टिलिभिजनले जनाएको छ ।

यसअघि नोभेम्बरमा भएको निर्वाचनमा सेना समर्थित दल पराजित भएपछि सेनाले निर्वाचनमा धाँधली भएको आरोप लगाएको थियो । सेनाले कोरोना महामारी बढेको भन्दै निर्वाचन सार्न आग्रह गर्दा समेत सरकारले निर्वाचन गराएको थियो । निर्वाचनमा सुचीको पार्टीले ४७६ मध्ये ३९६ सिट जितेको थियो । सेनाले उक्त जितलाई धाँधलीको संज्ञा दिएको थियो ।

सोमबार बिहान निर्वाचनको मतपरिणामपछि बस्‍न लागेको पहिलो संसद अधिवेशन अघि सेनाले नेतृ सू चीसहितका नेताहरुलाई नियन्त्रणमा लिएर सत्ता कब्जा गरेको हो । म्यानमारका सञ्‍चारमाध्यमहरुमा पनि सेना परिचालन गरिएका छन् ।

म्यानमारमा सैन्य ‘कू’, अमेरिकाद्वारा विरोध

सैन्य ‘कू’ भएपछि विश्‍वका शक्ति राष्ट्रहरुको ध्यान म्यानमारमा केन्द्रित भएको छ । संयुक्त राज्य अमेरिकाले सैन्य ‘कू’ लाई मुलुकको प्रजातन्त्रिक संक्रमणकालमाथि अवमूल्यन भन्दै आपत्ति जनाएको छ । ह्वाइट हाउसका प्रवक्ता जेन साकीले विज्ञप्ति जारी गर्दै बर्मामा सूची र अन्य अधिकारीहरुलाई नियन्त्रणमा लिने र प्रजातान्त्रिक संक्रमणकालको अवस्थालाई अवमूल्यन गर्ने काम भएको बताएका छन् । यसबारे राष्ट्रपति जो बाइडेनलाई पनि जानकारी गराइसकिएको बताइएको छ ।

म्यानमारकी नेतृ आङ सान सू ची सेनाको नियन्त्रणमा, संसद् बैठक सार्न सरकारलाई चेतावनी

राष्ट्रपति वुइन मीयन र अन्य नेताहरूलाई पनि बिहान सबेरै सेनाले नियन्त्रणमा लिएको छ । बीबीसीका दक्षिण पूर्व एशिया संवाददाता जोनाथन हेडले राजधानी नेपिद्अ र मुख्य सहर यानगुनका गल्लीहरूमा सेना परिचालन भएका छन् ।

सेनाले थुप्रै ठाउँहरूमा मुख्य मन्त्रीका घरहरूमा पनि पुगेर उनीहरूलाई लगेको परिवारका सदस्यहरूले बताएका छन् ।

Related News

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
  • २०७७ माघ १९

दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...

TOP