२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

अमेरिकी संसद्‌मा आक्रमण : चार जनाको मृत्यु पछि आपत्‌काल घोषणा

वाशिङ्टन- अमेरिकी संसद्‌मा भएको आक्रमण परि मृत्यु हुनेको संख्या चार पुगेको छ । यसअघि एक महिलाको मृत्यु भएको थियो । ती महिला जबरजस्ती संसद भवन प्रवेश गरेकाहरुमध्यकै भएको प्रहरीले जनाएको छ ।

उनीसँगै थप तीनजनाको मृत्यु भएको पुष्टि गरिएको छ । जसमध्ये थप एक महिला र अन्य दुईजना पुरुष भएको बताइएको छ । मेट्रो प्रहरीका १४ जना प्रहरी घाइते भएका छन् । अस्पताल भर्ना गरिएकामध्ये एकजनाको अवस्था निकै गम्भीर छ ।

सन् १८१२ को युद्धपछिको पहिलो आक्रमण, ‘प्रजातन्त्रमाथिको आक्रमण निन्दनीय’

हालसम्म ५२ जनालाई नियन्त्रणमा लिइएको छ । जसमध्ये ४७ जनालाई कर्फ्यु उल्लंघन गरेको आरोपमा प्रकाउ गरिएको छ ।

अहिले वाशिङ्टनमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने ठूलो संख्यामा सुरक्षाकर्मीहरु सडमा उत्रिएका छन् ।

आपत्‌काल घोषणा

अमेरिकी राजधानीका मेयरले वासिंटनमा थप १५ दिनका लागि सार्वजनिक आपत्‌काल जारी हुने बताएका छन् ।

मेयर म्युरिअल बोसरले भनेका छन्, “धेरै मानिस यहाँ हतियारसहित हिंसामा संलग्न हुन र विनाशकारी गतिविधिका लागि आइरहेका छन् । उनीहरुले केमिकलदेखि इँटा, बोतल, बन्दुक सबै फालिरहेका छन् । र तिनको लक्ष्य अझै यसलाई जारी राख्नेछ । ”

ट्रम्पका हतियारधारी समर्थकले गरे संसद भवनमा आक्रमण, एकजनाको मृत्यु

यो आपत्‌काल घोषणापछि सहरभरिका बासिन्दाको सुरक्षाका लागि थप स्रोत-साधन र सेना खटाइने संकेत देखिएको छ । जसमा कर्फ्यु पनि जारी रहनेछ भने अतिआवश्यक उपभोग्य वस्तुहरु वितरण गर्नेलगायत आपत्‌कालीन कार्यको तयारी पनि गरिनेछ ।

यो आदेश आगामी जनवरी २१, बाइडेनको ह्वाइट हाउस प्रवेश कार्यक्रमको भोलिपल्ट, दिउँसो ३ बजेसम्म जारी रहनेछ । सहरमा अहिले पनि कर्फ्यु जारी छ । दर्जनौँ मानिसलाई यसको उल्लंघनको अभियोगमा पक्राउ गरिएको छ ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ पुष २३

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP