२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

भारतीय सुरक्षाकर्मीद्वारा नेपालीमाथि गोली प्रहार : आफुले गोली नहानेको एसएसबिको दावी

कञ्चनपुर । कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रमा सोमबार बेलुकी अवैध रुख कटानको प्रयास गर्दा नेपाली नागरिकमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले गरेको छानविनका क्रममा रुख कटानका लागि गएका वेला भारतीय सुरक्षाकर्मीले गोली प्रहार गरेको पाइएको हो ।

ञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी अमरबहादुर थापाका अनुसार भारतीय पक्षले गोली चलाउँदा छर्रा लागेर दोधारा चाँदनी नगरपालिका–१, बलयलबन्द स्याउले टोलका १६ वर्षीय नरेश सुनार घाइते भएका छन् ।

‘घटनास्थलमा एउटा रुख काट्दै गरेको पनि देखिएको छ, फलामको आरा पनि त्यहीँ छ’, थापाले भनेका छन्, ‘त्यसैले भारतीय पक्षको दाबी बलियो देखिएको छ ।’

घाइते सुनारलाई गएराति नै प्रहरीले महाकाली अस्पताल भर्ना गरेको छ । सुनारले भने बजारबाट सामान किनेर फर्कँदै गरेको अवस्थामा आफूमाथि गोली प्रहार भएको दाबी गरेका छन् ।

काठ तस्करीमा घाइते सुनार बाहेक अन्य दुई जनामा संलग्न नदेखिएको प्रहरीले जनाएको छ । मंगलबार मंगलबार बिहान सम्पर्कमा आएका सोही ठाउँमा बब्लु चन्दको बयानका आधारमा पनि उनीहरू रुख फडानी गर्न गएको बुझिएको थापाले बताए ।

घटनास्थलको अनुगमनमा गएको टोलीले पनि वन फडानी भइरहेको जानकारी पाएको थियो । ‘यहाँ धेरै रुख काटिएका छन्’, दोधारा चाँदनी नगरपालिका मेयर वीरबहादुर सुनारले भने, ‘हामी पुगेर हेर्दा बन फडानी रोक्दा उनी घाइते भएको देखिन्छ ।’

आफुले गोली नहानेको भारतीय एसएसबिको दावी

कञ्चनपुरको सिमावर्ती क्षत्र दोधारामा गोली प्राहरबाट घाइते भएका वुवकलाई भारतीय एसएसबिले गोली प्रहार गरेको भन्ने खबर आइरहँदा भारतीय एसएसबिले भने गोली नहानेको दावी गरेको छ ।

सोमबार कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ का १७ बर्षे नरेश सुनार भारतीय बजार गौरिकोटबाट दैनिक उपभोग्य सामाग्रंी किनेर फर्कने क्रममा उनिमाथी गोली प्रहार भएको थियो । सुरुमा भारतीय एसएसबीले गोली प्रहार गरेको भन्ने खबर आएपनि प्रशासनले भारतीय एसएसबिसंग समन्वय गर्दा उताबाट गोली प्राहर नभएको दावी भारतीय पक्षले गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरिक्षक अम्मर बहादुर थापा क्षेत्रीले भारतीय एसएसविले गोली प्राहर नगरेको दावी गरेको छ । एसएसबिले गोली नचलाएको दावी गरेपछि भारतीय वन रक्षक संग समन्वय भइरहेको उनले बताए ।

गोली चलेको स्थान नजिकै सागुवान प्रजातिको रुखमा आधा काटेको अवस्थामा आरा अड्किएको भेटिएको हुँदा वन रक्षक संग समन्वय भइरहेको उनले बताए । ‘भारतीय एसएसबिले गोली नचलाएको दावी गरेको छ’ उनले भने–‘गोली चलेको स्थानमा रुख ढलेको हुँदा वन रक्षकले गाली चलाएको हो की भनने अनुमान गरेका छौं, हामी समन्वय गर्दै छौं ।’

युवकले सामान किनेर भारतीय बजारबाट फर्कने क्रममा गोली चलेको भनेपनि उनिहरुले ल्याएको सामान भने नभेटिएको उनले बताए । ‘सामाग्री किनेर ल्याएको भए उनिहरुको सामान भेटिनपर्ने हो’ प्रबक्ता थापाले भने हाल सम्म त्यो सामाग्री पनि भेटिएको छैन, युवकले साामाग्रीका बारेमा केही बोलेका पनि छैनन् ।’

घाइते सुनारका अनुसार सोमबार वेलुका उनि संगै सोही ठााउँका अर्का एक जना भारतीय सीमावर्ति क्षत्र गौरिकोटमा सामान किनेर फर्कने क्रममा गोली प्रहार भएको थियो । बेलुका साढे ६ बजे गोली चलकाले मानिस पहचान गर्न नसकिएको उनले प्रहरी संग बयान दिएका छन् ।

प्रहरीका अनुसार घरको लागि दाल, चामल, चिनी, टमाटर लिएर आउँदै गर्दा बाटोमा रुख काटेको अवस्थामा भेटिएको घाइते सुनारले बताएका छन् । रुख नजिकै पुग्दा कसैले खुट्टमा डण्डा हानेपछि भाग्ने क्रममा खुट्टमै गोली प्रहार भएको घाइते युवकले प्रहरीलाई बयान दिएको प्रबक्ता थापा क्षेत्रिले बताए ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ पुष २१

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP