२०७७ मंसिर १६, मंगलवार
December 1, 2020, Tuesday

कुकुरले बिजुलीको खम्बा र टायरमा किन पिसाब गर्छ

हामीलै कयौपटक कुकुरले बिजुलीको खम्बा र कारका टायरमा पिसाब गरेको देखेका छौ । तर हामीले कुकुरलाई यी स्थान किन मन पर्छन वा किन पिसाब गर्छन् भन्ने बारेमा सोचेका छौ त ? आज हामी यसको कारणको बारेमा चर्चा गर्छौ ।

कुकुर मानिसको लागि सबैभन्दा वफादार प्राणी हो । कहिले कहिले त कुकुर मानिस भन्दा पनि धेरै वफादार हुने गर्छ । यसको साथै कुकुर अन्य जनावरको तुलनामा धेरै सामाजिक पनि हुन्छन् । कारको टायर र बिजुलीको खम्बामा पिसाब गर्नुको कारण एक तथ सामाजिक कारण हो । यस्तो स्थानमा पिसाब गरेर कुकुरले अर्को कुकुरलाई आफ्नो गन्ध छाड्न चाहन्छ ।

सामान्य रुपमा कुकुरको पिसाबको लागि यस्तो स्थानलाई महत्व दिन्छन्, जहाँ सिधा उभिएको होस् । यस्तो सिधा स्थानमा कुकुरको पिसाबको निशाना ठिक ठाउँमा पर्छ र खुलेर पिसाब गर्न सक्छ । योसँगै अन्य कुकुरको लागि नाकको उचाईमा आफ्नो पिसाबको गन्ध छाड्न चाहन्छ ।

पिसाबको गन्ध वर्टिकल सतहमा धेरै समयसम्म रहने भएकोले कुकुरले आफू यो स्थानको उक्त इलाकामा भएको जानकारी अर्को कुकुरलाई दिने गर्छ । यसको मतलव अर्को कुकुरलाई आफ्नो इलाकाको क्षेत्र पनि परिचित गराएको हो । एजेन्सी

Related News

सांसद दीपक मनाङेकी श्रीमती चोरी मुद्दामा पक्राउ
सांसद दीपक मनाङेकी श्रीमती चोरी मुद्दामा पक्राउ
  • २०७७ कार्तिक १७

गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) की श्रीमतीलाई हेटौंडाबाट प्रहरीले पक्राउ गरेको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले गुरूङकी...

समुन्द्री राक्षसको ९ वटा दिमाग र ३ वटा मुटु हुन्छ !
समुन्द्री राक्षसको ९ वटा दिमाग र ३ वटा मुटु हुन्छ !
  • २०७७ कार्तिक १७

एजेन्सी । पृथ्वीमा लाखौं जीव जन्तुहरु छन । सबैका आ–आफ्नै प्रजाति, बिशेषता र आकारहरु रहेका हुन्छ । जसमध्ये कुनै कुनै...

यस कारण एउटै गाेत्रभित्र विवाह चल्दैन
यस कारण एउटै गाेत्रभित्र विवाह चल्दैन
  • २०७७ कार्तिक १७

काठमाडाैं । विवाहको सम्बन्धमा हरेक समाज वा धर्मको आफ्नै नियम छ । यो नियमको हजारौं वर्ष देखि पालन हुँदै आएको...

TOP