बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धारास्थित पुष्पलाल आधारभूत विद्यालयको क्वारेन्टिनमा चोरी भएको छ । क्वारेन्टिनमा बस्नेका लागि प्रयोग हुने ओढ्ने ओछ्याउनेदेखि खानका लागि प्रयोग हुने सामग्री चोरी भएको नगर प्रवक्ता प्रेमबहादुर थापाले बताए ।
असार ५ गतेदेखि खाली रहेको क्वारेन्टिनको ढोका फोडेरभित्र रहेका सम्पूर्ण सामग्री चोरी भएको थापाले जानकारी दिए । क्वारेन्टिनबाट कचौरा ३४ थान, थाल ३४ थान, गिलास ३७ थान, चम्चा ३९ थान, कुकुर पाँच लिटर एक थान, फराइबीन दुई थान कराइ एक थान, पुन्यूउ एक थान चोरी भएको छ ।
यस्तै क्वारेन्टिनमा बस्नेका लागि खरिद गरिएका र यसअघि बस्नेले प्रयोग गरेका गद्दा ३६ थान, तन्ना चार थान, सिरक २६ थान र पिफर्म तीन वटा चोरी भएको छ । चोरी गरेको थाह पाएलगत्तै प्रहरी प्रतिवेदन तयारी पारेर खोजी कार्य थालिएको नगरपालिकाले बताएको छ ।
खैराला– प्रधानमन्त्री केपी शर्मा ओली अहिले एकपछि अर्को गर्दै निरंकुशतातर्फ गइरहेको नेपाली कांग्रेस कैलाली जिल्लाका सल्लाहकार फणिराज सापकोटाले बताएका छन्...
नेकपाका जिल्ला सदस्य सहित केआईसिंह- ७ थलीको पुरै दलित बस्ती कांग्रेसमा प्रवेश डोटी – केआईसिंह गाउँपालिका -७ थलीगाउँका ४० परिवार...
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार शनिबार कोरोना...