२०८२ फाल्गुन २७, बुधबार
March 11, 2026, Wednesday

बिहे गरेको ३ मिनेटमै डिभोर्स

कुवेत– पतिपत्नीबीच विवाद तथा झगडा हुनु सामान्य नै हो । हुनत लोग्ने स्वास्नीबीचको झगडा परालको आगो भनिन्छ । तर कहिलेकाही यस्ता झगडाले ठुलो रुप लिन्छ र वैवाहिक सम्बन्ध नै टुट्न सक्दछ।

दाम्पत्य जीवनमा दरार पैदा हुने तथा सम्बन्ध विच्छेद हुने कुरा कलिहेकाही हाम्रो काबुमा पनि नरहन सक्छ । कहिलेकाही बिहे भएको दशकौं पछि पनि डिभोर्स भएको हुन्छ । तर, कहिलेकाही क्षणभरमै सम्बन्ध विच्छेद पनि हुनसक्छ। हालै कुवतेमा एउटा यस्तै घटना भएको छ, जहाँ बिहे गरेको केवल ३ मिनेटमै सम्बन्ध विच्छेद भएको छ ।

समाचार अनुसार अदालतमा आधिकारिक रुपमा बिहे गरेर इजलास कक्षबाट बाहिर निस्किने क्रममा बेहुलीको खुट्टा लडखडायो र उनी भुईंमा लडिन् । लडेकी बेहुलीलाई उठाउनुको साटो बेहुला रिसाए र चिच्याउँदै भने – मुर्ख ।

भर्खरै बिहे गरेको आफ्नो पतिले त्यस्तो बचन बोलेको सुन्दा बेहुलीलाई पनि रिस उठ्यो र उनले तत्कालै न्यायाधीशलाई भर्खरै भएको आफ्नो बिहे रद्द गरिदिन अनुरोध गरिन् ।

बेहुलीको अनुरोधमा न्यायाधीश सहमत भए र उनको बिहे कायम गरेको ३ मिनेटमै रद्द गरिदिए । यसलाई कुवेतको इतिहासमै सबैभन्दा छोटो वैवाहिक सम्बन्ध भनिएको छ ।

वास्तवमा यो घटना सन् २०१९ मै भएको रहेछ र अहिले आएर सोसल मिडियामा भाइरल बनिरहेको छ।

स्मरण रहोस् यसअघि सन् २००४ मा बेलायतमा एक जोडीले बिहे गरेको ९० मिनेटमै डिभोर्स गरेका थिए ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०८१ श्रावण १५

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP