२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

९ घण्टा बिजुलीको तारमा चढेका माइलाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौं – बिजुलीको उच्च भोल्टेजको तारमा चढेका माइला विकलाई नेपाली सेनाले उद्धार गरेको छ। तारमा चढेको करिब ९ घण्टापछि नेपाली सेनाको हेलिकप्टरमा पुगेको टोलीले उद्धार गरेको नुवाकोटाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभयो। 

प्रजिअ रिसालले भन्नुभयो, ‘‘नेपाली सेनाको हेलिकप्टरमा आएको विशेष टोलीले भर्खरै बिजुलीको पोलबाट उद्धार गरेर प्रहरीलाई बुझाएको छ।’’ प्रजिअ रिसालका अनुसार पोलमा चढेको आठ घण्टापछि विकको सकुसल उद्धार भएको हो। उहाँ अहिले प्रहरी नियन्त्रणमा हुनुहुन्छ। 

नुवाकोट जिल्लाको ककनी गाउँपालिका–७ मा रहेको माथिल्लो त्रिशूली–३ ‘ए’ को उच्च भोल्टेजको तारमा नुवाकोट बेलकोटगढी नगरपालिका १३ घर भएका माइला विक चढेपछि शनिबार समग्र विद्युत प्रणालीमै असर परेको थियो। 

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार आठ घण्टादेखि त्रिशूली–३ ‘ए’ र अर्को सानो चार पाँच मेगावाटको आयोजनाको बिजुली प्रभावित भएको थियो। विकको उद्धार भए लगत्तै साँझ ७ बजेर ५८ मिनेटमा अवरुद्ध भएको बिजुली चालु भएको  प्रवक्ता भट्टराईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो। 

विक शनिबार बिहान १० बजेदेखि उच्च भोल्टेजको बिजुलीको तारमा चढेको जानकारी आएपछि लाइन काटिएको थियो। उहाँ परिवारसँग झगडा गरेर बिजुलीकाे तारमा पुगेको स्थानीयले बताएका छन्। 

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७९ जेष्ठ २८

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP