२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

६ घण्टादेखि विद्युतको तारमा चढेका प्रेम : बियर, मासु देखाएपछि ओर्लिन्छन्, फेरि चढ्छन्

काठमाडौं- नुवाकोटको बोलकोटगढी नगरपालिका वडा नम्बर-१३ का प्रेमबहादुर बिक शनिबार बिहान १० बजेदेखि विद्युतको पोलबाट हाइटेन्सन प्रसारण लाइनमा गएर उनले प्रसारण लाइनको तार हल्लाउने र हिँड्ने गरिरहेका छन्।

नुवाकोटकै बोलकोटगढी नगरपालिका वडा नम्बर–१३ का स्थानीय प्रेमबहादुर विक ककनी गाउँपालिकामा  विद्युतको पोल हुँदै विद्युत प्रसारण लाइनमा चढ्न थालेपछि ६० मेगावाटको त्रिशुली थ्री-ए आयोजना नै बन्द गरिएको छ। 

प्रेमबहादुर शनिबार बिहान ककनीको चतुराले भन्‍ने ठाउँबाट विद्युतको पोलमा चढेको र उनलाई विभिन्‍न प्रलोभन देखाउँदा पनि ओर्लिन नमानेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताए। उनले भने, ‘बिहान १० बजेतिर पोलमा चढिरहेको देखेपछि विद्युत प्रसारण बन्द गर्न लगाएका थियौं। अहिलेसम्म विद्युत अवरुद्ध भएको छ। उनलाई बियर, मासु र पैसा दिएर फकाउने प्रयास गरिरहेका छ। तर, उनी मानिरहेका छैनन्।’

पैसा मासु र मदिरा देखाएपछि आधा पोलसम्म ओर्लिए पनि फेरि माथि नै उक्लिएको गाउँपालिका अध्यक्ष तामाङले बताए। उनले थपे, ‘मासु, पैसा र रक्सी देखाएपछि आधाबाटोसम्म आए। तर, उल्टै आधा पोलसम्म पुगेर तिमीहरुले आफ्नै छोराछोरीलाई पाल्न सकेका छैनौं, मलाई के दिन्थ्यौं भनेर फेरि फर्किए।’ 

अहिले स्थानीय र प्रहरीको ठूलो उपस्थिति रहेको छ भने उनलाई ओराल्नका लागि सुरक्षाकर्मीहरुले फकाइरहेका छन्। गाउँपालिका अध्यक्ष तामाङका अनुसार उनी मानसिकरुपमा असन्तुलित व्यक्ति हुन्। 

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०७९ जेष्ठ २८

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP