२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

अशुभ ११ सपना

विज्ञानले सपना देख्नु एउटा स्वस्थ व्यक्तिको आवश्यक प्रक्रिया हो भनेको छ । राति सुतेको बेला हरेक मान्छेले सपना देख्ने गर्छन् । बिहान आँखा खुल्दा कतिले सपना सम्झिएका हुन्छन् त कतिले बिर्सन्छन् । तर हरकोहीसँग मनमा अनेकन तर्कना हुन्छ । त्यहि तर्कनाका कारण तपाई सपना देख्नुहुन्छ । सपनाले जीवनमा घट्ने अनेकौ घटना वा कुराको संकेत गर्दछ। कतिपय व्यक्तिको सपना पुग्ने पनि गर्छ ।

कसै-कसैले देखेको सपनाको ठिक विपरित पनि हुन जान्छ। ज्योतिष विज्ञानले भन्छ “सपनाले मानिसको शुभ/अशुभ बारे पनि अगाडी नै संकेत गर्दछ ।”

ज्योतिषीय शास्त्रमा कुनै पनि व्यक्तिले देखेको सपनाले पूर्वसूचना शुभ अशुभ अनि मिश्रित फल दिने बताइएको छ ।  धेरैको भनाइमा कोही नजिकका, आफन्त तथा प्रियजनहरुको मृत्युको अगाडी अनौठो सपना देखिन्छ । त्यसो त कतिपयलाई नराम्रो सपना देखेको भोलिपल्ट झसंग हुने, आत्तिरहने, अलमल पर्ने, दिक्क लाग्ने, नैराश्यता छाउने, ज्यान भारी भएजस्तो जस्तो हुने, टाउको दुख्ने, मन आत्तिरहने, फ्रेस नहुने जस्ता समस्या पनि देखिन्छन् । तर त्यस्ता अशुभ सपनाको असर मष्तिष्कमा धेरै लामो समय रहिरहँदैन ।

याद गर्नुहोस् ज्योतिष विज्ञानका अनुसार यी सपनाहरुको फल अशुभ हुन्छ ।

१. कालो रंग

कालो रंगको अर्थ हुन्छ –  थाह नभएको, अचेतन, खतरा, रहस्य, अन्धकार, मृत्यु, शोक, तिरस्कार, घृणा वा द्वेष। यो रंगले तपाइलाई तपाइको अचेतनमा हेर्नको लागि उक्साइरहेको हुन्छ, तपाइलाई आफ्नो बारेमा बुझ्न डाकिरहेको छ, कालो रंगले। भनिन्छ, यसको सांकेतिक अर्थ हुन्छ : प्रेमको कमीलाइ पनि जनाउँछ, अनि सहयोग गर्नेहरुको कमी भएको जानकारी दिन्छ। साथै यसले सफा अनि खालीकुरा लाइ पनि जनाउँछ। तपाइमा केही सम्भावना लुकेर बसेको छ साथै केही अवसरहरु आउन बाकीँ नै छ भन्ने पनि जनाउँछ।

२. सर्प

अर्थ लागाउन गाह्रो संकेत हो – सर्प । फरक- फरक संस्कृति अनुसार फरक फरकनै धारणा छ सर्पको बारेमा। भयाकन डरको संकेतदेखि ज्ञान र शान्तिको पनि अर्थ लगाइन्छ सर्पलाइ लिएर।

३. कालो बिरालो

सदियौं देखि कालो बिरालोलाइ रहस्य र कालो जादुको प्रतिकको रुपमा लिइन्छ। कालो बिरालो सपनामा देख्नाले असुरक्षा बढ्ने बुझिन्छ। कुनै थाह नभएको कुराबाट तपाइमा डर पैदा हुँदैछ भन्ने पनि बुझिन्छ। नराम्रो साइतको जानकारी पनि दिन्छ यस्तो सपनाले।

४. दाँत झर्नु

सपनामा दाँत झरेको देखेमा कोही नजिकको मानिसको मृत्यु हुन्छ भन्ने भनाई प्रचलित छ – गाउँघरमा। तर दाँत दुखेको समयमा सुतेको बेला पनि यस्ता सपना देखिने हुन्छ।

५. कालो चरा

कालो चरालाइ ‘मृत्युको जानकार’ पनि भनिन्छ। जहाँ मानिस मरेका हुन्छन् त्यहाँ कालो रंगको चरा वा कागहरु देखिने गर्छन्।त्यसैले मानिसहरु भन्ने गर्छन् – “कागको सपना देख्नु अशुभ संकेत हो ।”

६. बच्चाको स्याहार

सपनामा कुनै बच्चालाइ स्याहार गर्दै हुनुहुन्छ अनि बच्चा रुन पुग्यो भने पनि अशुभ संकेत हो ।”

७. डुब्न लागेको मानिसलाइ बचाउँदा

सपनामा डुब्न लागेको मानिसलाइ बचाएको सपना पनि त्यति राम्रो मानिँदैन।

८. यात्राको योजना

यदि सपनामा कुनै ठाँउमा जान योजना गर्दै हुनुहुन्छ वा कतै जान नै लाग्नुभएको छ भने विपनामा तत्कालै त्यो ठाँउमा जान नहुने विश्वास गरिन्छ। यस्तो सपनाको संकेत राम्रो होईन भनिन्छ।

९. दोहोरिने सपना

कुनै सपना दोहोरिन्छ वा उस्तै प्रकृतिको सपना बारम्बार आइरहन्छ भने त्यस्तो सपनालाइ बेवास्ता गर्न नहुने बताइन्छ।

१०. नाच्नु अनि गाउनु

सपनामा खुसी हुदै नाच्ने गाउने देखिन्छ भने त्यो राम्रो होईन भन्ने गरिन्छ। कोहि मानिसले सपनामा शरिरमा तेल लगाइ गधा चढेर हिडेको देख्छ भने ज्योतिषीय परामर्श लिनू राम्रो हुन्छ।

११. एक्लै पिउनु

सपनामा एक्लै बसेर पिउदै गरेको देखिन्छ भने मृत्यु नजिक आउदैछ भन्ने बुझिन्छ।  यस्तै भगवान शिव सपनामा देख्नु विपत्तिको नाश, देवी देख्नु रोगबाट मुक्ति र सरस्वती देख्नु ज्ञानमा वृद्धि हुन्छ भनिएको छ ।

त्यस्तै डाक्टर देख्नु रोग बढ्ने, अतिथी देख्नु राम्रा खबर पाईने, हुलाकी देख्नु नयाँ खबर आउन सक्ने, पुजारी देख्नु उन्नति हुन सक्ने, भिखारी देख्नु राम्रो समयको सुरुवात हुनसक्ने,नाचगान देखे अशुभ हुने गुरु देखे सफलता प्राप्ति आफ्नै आमालाई सपनामा देखे सम्मान पाईन्छ । झन्डा देखे धार्मिक आस्था बढ्ने, रुद्राक्ष देखे शुभ समाचार सुन्न पाईने, आँप खाएको देखे पनि धनलाभ हुने, पलङमा सुतेको देखे आफ्नो हिम्मत बढ्ने हुन्छ भनिन्छ ।

सपनामा बिरालो देखिए चोरी हुन्छ, शत्रु बढ्छन् ।

मरेको मानिसले बोलाएको देखेमा विपत्ति आउँछ ।

विवाह वा वैवाहिक उत्सव देखिनु अशुभ हुन्छ । विपत्ति आउनसक्छ ।

सपनामा पर्वत, हात्ती, घोडा, गोरु आदिमा सवार गरेर हिडेको देख्नुलाई शुभ मानिन्छ । सपनामा लडाई गरेको युद्ध गरेको,  वादविवादमा विजय हासिल गरेको देखेमा, काच्चो मासु खाएको देखेमा, रगत वा रगते नुहाएको देख्नुलाई पनि शुभ मानिन्छ । जुन सपना देखेको १० दिनमा नै फल प्राप्त हुन्छ, भनिन्छ । दूध पिएको देख्नु सपनामा दूध पिएको देख्नुलाई शुभ मानिन्छ ।

-एजेन्सीको सहयोगमा 

Related News

हरितालिका तीज (डिकरा) व्रत
हरितालिका तीज (डिकरा) व्रत
  • २०७८ भाद्र ३०

१) तीजले लहर ल्याउँछ खुशीयाली आउँछ ।नारीको चेहरा खुसी मिठो...

TOP