२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

गाउँका मुखियालाई गधा चढाएर आर्यघाट पठाइयो

मध्य प्रदेशको रतलाम जिल्लामा पानी नपरेपछि गाउँलेहरू चिन्तित छन् । यहीबीच नामली गाउँका स्थानीयहरुले एउटा अनौठो हर्कत गरेका छन् । उनीहरूले इन्द्र देवलाई मनाउनका लागि गाउँका मुखियालाई गधामा चढाएर आर्यघाट घुमाएका छन् ।

यहाँको परम्पराअनुसार पानी नपर्दा देवी–देवताहरूलाई खुसी पार्नका लागि गाउँका मुखियाले आर्यघाटसम्म गधामा सवारी गर्छन् । त्यसपछि देवी–देवताहरूको पूजा गर्दा राम्रोसँग वर्षा  हुन्छ भन्ने जनविश्वास रहिआएको छ । 

यही मान्यताअनुसार यहाँ गाउँका मुखिया आत्माराम पटेललाई गधामा चढाइएको हो । बाजा–गाजासहित उनको सवारी अघि बढाइएको थियो । पुरानो जमानामा पानी नपर्दा गाउँका राजा वा पटेल गधामा बसेर मुक्तिधाम जाने गर्दथे । अहिले गाउँका सरपञ्च वा पटेल नै गाउँका मुखिया हुन्छन् ।

मनसुन सुरु भएदेखि नै यहाँ बादल लाग्ने क्रम जारी छ । तर, पानी मज्जाले परेको छैन । त्यही कारण भटमास खेतीमा क्षति पुग्नसक्ने कृषकहरूको चिन्ता छ । पछिल्ला १५ दिनदेखि राम्रोसँग पानी परेको छैन । 

Related News

भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय फस्टाउदो
भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय फस्टाउदो
  • २०७८ भाद्र ३०

एजेन्सी – तपाईंको उमेर पुगेको छ तर विवाह भएको छैन...

TOP