२०७७ मंसिर १७, बुधबार
December 2, 2020, Wednesday

‘गुगल मिट’ अब एक घन्टामात्रै निःशुल्क प्रयोग गर्न पाइने

क्यालिफोर्निया, असोज १२ । सूचना-प्रविधिको क्षेत्रमा अग्रणी संस्था गुगलले ल्याएको ‘गुगल मिट’ (गुगल बैठक) सेवा अब एक घन्टामात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको छ ।

गुगलले अनलाइनमार्फत् भिडियो बैठक तथा कुराकानी गर्न मिल्नेगरी गुगल मिट सेवा केही समयअगाडि सुरु गरेको थियो ।

सुरुमा सबै निःशुल्क सेवा दिएको भएपनि अब सेप्टेम्बर ३० देखि एकपटकमा बढीमा ६० मिनेटमात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको हो ।

गुगलका एक प्रवक्ताले भन्नुभएको छ-‘विगतमा १०० जनाभन्दा बढी मान्छेहरूसँग एकैपटकमा असीमित समयसम्म निःशुल्क बैठक तथा कुराकानी गर्न मिल्ने व्यवस्था थियो । अब त्यसको समय सीमित गरिएको छ ।’

उहाँले ‘गुगल मिट’को अन्य सेवा तथा कार्यप्रणालीमा कुनै परिवर्तन भने नगरिएको र गरिएमा जानकारी गराउने पनि स्पष्ट पार्नुभएको छ ।

उहाँकाअनुसार ‘गुगल मिट’मा अहिले शैक्षिक उपभोक्ताहरूले २५० जनाभन्दा बढी सहभागी एकैपटक राखेर बैठक गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यसैगरी, एउटै डोमिनबाट एक लाखभन्दा बढीले हेर्न मिल्नेगरी प्रत्यक्ष प्रसारण गर्न मिल्ने र गुगल ड्राइभमा रेकर्ड गर्नपनि मिल्ने सेवा दिइने गुगलले जनाएको छ ।

यस्तो सेवा व्यावसायिक उपभोगक्ताहरूलाईमात्रै उपलब्ध हुनेपनि गुगलले स्पष्ट पारेको छ । त्यसका लागि उपभोक्ताहरूले मासिक २५ डलरमात्रै तिरे पुग्ने गुगलद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

कोरोनाभाइरसको महामारीका कारण मानिसहरूले भौतिक भेटघाट गर्न नपाएपछि यस्तै माध्यमहरूको प्रयोग बढेको छ ।

अनलाईनमार्फत् बैठक तथा कार्यक्रमहरू गर्नका लागि गुगल मिटजस्तै जुम पनि लोकप्रिय रहेको छ ।

Related News

कसरी आउँछ युट्युवमा पैसा ? कति कमाउछन् नेपाली युट्युवरहरु ?
कसरी आउँछ युट्युवमा पैसा ? कति कमाउछन् नेपाली युट्युवरहरु ?
  • २०७७ आश्विन १३

  सुरज खड्कापछिल्लो आधा दशकदेखि नेपालमा युट्युवको क्रेज थामिनसक्नु भएको छ । युट्युवमा विभिन्न विषयका भिडियो बनाएर अपलोड गर्नेहरु छ्यापछ्याप्ती छन्...

बडीकेदार गाउँपालिकामा फोरजी सेवा विस्तार हुँदै
बडीकेदार गाउँपालिकामा फोरजी सेवा विस्तार हुँदै
  • २०७७ आश्विन १३

डोटी- बडिकेदार गाउँपालिकामा पहिलो पटक उच्च गतिको इन्टरनेट (फोरजी) सेवा विस्तार गरिने भएको छ । नेपाल टेलिकमले जिल्ला भरिमा फोरजी...

शक्तिशाली ब्याट्री भएको भिभो वाई ट्वान्टी नेपाली बजारमा
शक्तिशाली ब्याट्री भएको भिभो वाई ट्वान्टी नेपाली बजारमा
  • २०७७ आश्विन १३

काठमाडौं । युवापुस्तालाई लक्षित गरी नयाँ स्मार्टफोन भिभो वाई ट्वान्टी नेपाली बजारमा उपलब्ध हुन थालेको छ । प्रारम्भमा अनलाइन सपिङ...

TOP