२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

संविधान दिवस : नेपाल टेलिकमको अनलिमिटेड अफर

काठमाडौं- संविधान दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना प्रयोगकर्ताहरुलाई विषेश अफर ल्याएको छ । नेपाल टेलिकमले अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक तथा अन्य विभिन्न प्याकउपलब्ध गराउने भएको हो ।

कम्पनीले असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपियाँ प्रतिप्याकमा खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

साथै अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपियाँमा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधासमेत उपलब्धहुनेछ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे डाटा प्याक ८५० रुपियाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमायसमा ३४ दशमलव ७ प्रतिशत छुट गरिएको कम्पनीले जनाएको छ । सो अनुसार यो प्याक असोज २, ३ र ४ गते ५५५ रुपियाँमा उपलब्ध हुनेछ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ आश्विन २

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP