२०८१ मंसिर १८, मंगलवार
December 3, 2024, Tuesday

एआईले भरिपूर्ण एसुस ल्यापटप नेपाली बजारमा, मूल्य दुई लाख १० हजार रुपैयाँ

काठमाडौं– एसुस भिभोबुक एस १५ नेपाली बजारमा भित्रिएको छ ।​ एसुसका लागि नेपालको आधिकारिक वितरक नागमणि इन्टरनेसनलले एआईले भरिपूर्ण यो ल्यापटप नेपाली उपभोक्ताका लागि भित्र्याएको हो ।

एआई फिचरका लागि एसुसले माइक्रोसफ्ट र क्वालकमसँग सहकार्य गरेको हो । कम्पनीले यसलाई अल्ट्राथिन र लाइटवेट एआई पीसीका रूपमा परिभाषित गरेको छ ।

१५.६ इन्च डिस्प्ले रहेको ल्यापटप स्न्यापड्रागन एक्स लाइट प्रोसेसरद्वारा सञ्चालित छ । यो नै एसुसको पहिको कोपाइलट प्लस पीसी हो ।

प्रयोगकर्ताको कामलाई सहज बनाउन कम्पनीले यसमा विशेष किसिमका एआई एपहरू समावेश गरेको छ । खासगरी ‘एसुस एआई एप’ नामको कलेक्सनमा कम्पनीले थुप्रै एआई एपहरू उपलब्ध गराएको छ । यसमा विन्डोज एआई फिचर पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।

ल्यापटपमा भएको एसुस लुमिना ओलेड डिस्पेले थ्रीके १२० हर्ज रिफ्रेसरेटसम्म सपोर्ट गर्ने बताइएको छ । यसलाई एक पटकको चार्जमा १८ घण्टासम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । त्यसका लागि यसमा ७० वाट आवरको ब्याट्री राखिएको छ । यसलाई यूएसबी–सीबाटै चार्ज गर्न सकिन्छ ।

ल्यापटपको तौल १.४२ किलोग्राम रहेको छ ।

एआई पावर

यो ल्यापटप एआईकै कारण बढी चर्चामा छ । खासगरी एआई सपोर्ट गर्ने हाई(इन्ड हार्डवेयर भएको र माइक्रोसफ्टका एआई फिचर एक्सक्लुसिभ रूपमा उपलब्ध गराउन लागेको कम्पनीले जनाएको छ ।

एआई प्रोसेसिङका लागि उत्कृष्ट ४५ न्युरल इन्जिन पनि प्रयोग गरिएको ल्यापटपमा ३२ जीबीसम्मको ८४४९ मेगाहर्ज एडपीडीडीआर ५ एक्स र्‍याम र अल्ट्राफास्ट १ टीबी पीसीएलई ४.० एसएसडी समावेश छ ।

यसमा एआईद्वारा सञ्चालित एसुस एआईसेन्स आईआर क्यामेरा राखिएको छ । यसले विन्डोज स्टुडियो इफेक्टको सुविधा दिने कम्पनीले जनाएको छ । उक्त क्यामेराले वातावरणको प्रकाशलाई आधार बनाई कति प्रकाश सोस्ने त्यो अनुसार एडप्टिभ डिमिङको सुविधा दिने बताइएको छ ।

त्यस्तै प्रयोगकर्ता कम्प्युटरमा आउनासाथ खुल्ने र टाढा जानासाथ बन्द हुने स्मार्ट लक एन्ड अनलकको सिस्टम पनि यसमा छ । त्यस्तै बिग्रिएका रअ फाइल्स एक्सपोर्ट गर्न डिजिटल सम्पत्ति व्यवस्थापन, एडिट र शर्ट गर्नका लागि ुस्टोरीक्युबु नामको एआई एप पनि उपलब्ध छ ।

भिडिओ कलका दौरान पोट्रेट मोड अन गर्न र ब्याकग्राउन्ड न्वाइज घटाउन पनि विन्डोज स्टुडियो इफेक्ट्सले सहयोग गर्ने कम्पनीले जनाएको छ । त्यस्तै यसमा स्केचहरूलाई स्तरीय आर्टवर्कमा परिणत गर्ने फिचर पनि दिइएको छ ।

यसमा आरजीबी ब्याकलिट कीबोर्ड रहेको छ । प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार किबोर्डको लाइट कस्टमाइज गर्न सक्छन् ।

कनेक्टिभिटीका सन्दर्भमा फास्ट चार्जिङका लागि यूएसबी फोर पोर्ट रहेको छ । यसले फोरके एक्सटर्नल डिस्प्ले सपोर्ट गर्ने कम्पनीको भनाइ छ । त्यस्तै ४० जीबीपीएसका दरले ल्यापटपबाट डेटा ट्रान्सफर गर्न सकिन्छ ।

यसमा दुई ओटा यूएसबी ३.२ जेन वन टाइप–ए पोर्ट राखिएका छन् । त्यस्तै एचडीएमआई २.१ पोर्ट, माइक्रो एसडी कार्ड रिडर, अडियो कम्बो ज्याकको समेत सुविधा दिइएको छ । यसले वाई–फाई सेभेन सपोर्ट गर्ने बताइएको छ ।

क्वाल्कमको फास्ट कनेक्ट ७८९९ सिस्टमको सहायाले उक्त वाई–फाई प्रयोग गर्न सकिन्छ । यसले ५.८ जीबीपीएसको स्पिड सपोर्ट गर्ने दाबी कम्पनीले गरेको छ ।

यस ल्यापटपको मूल्य दुई लाख नौ हजार ९०० रुपैयाँ तोकिएको छ ।

 

Related News

बझाङमा एक वर्षमा दुई पटक फल्यो बझाङी स्याउ
बझाङमा एक वर्षमा दुई पटक फल्यो बझाङी स्याउ
  • २०८१ श्रावण १६

धनगढी । गत असोज दोस्रो सातातिर बोटमा स–साना दाना देखेपछि...

TOP