२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025, Friday

यी कारणले नचलेको हुन सक्छ तपाईंको वाई-फाई

काठमाडौं । इन्टरनेटका लागि भरपर्दो माध्यम हो, वाई–फाई । इन्टरनेट सेवा प्रदायकहरूले विभिन्न प्याकेज बनाएर वाई–फाईको सेवा दिइरहेका हुन्छन् । तर कतिपय अवस्थामा विभिन्न कारणले गर्दा इन्टरनेट चलिरहेको हुँदैन । आज हामी वाई–फाई नचल्नुका केही कारणबारे चर्चा गर्नेछौंः

१. राउटरको स्थान

वाई–फाई नचल्नु अथवा ढिलो चल्नुको एउटा कारण हो, राउटर राखेको स्थान । विशेषगरी वायरलेस राउटरहरूमा यस्तो समस्या टाढा हुने गर्छ । घरको भित्ता, फर्निचर जस्ता सामग्रीहरूले वाई–फाईको सिग्नललाई अवरोध पुर्‍याउने गर्छन् । त्यसैमाथि, तपाईं राउटरबाट जति टाढा जानुहुन्छ, त्यति नै इन्टरनेट ढिलो चल्छ । यसकारण घर अथवा कोठाको चारैतिर वाई(फाई सिग्नल राख्नु पर्छ ।

२. २.४ गिगाहर्जको राउटर प्रयोग गर्नु

अहिलेका आधुनिक राउटरहरू मुख्यतः २.४ र ५ गिगाहर्जका हुने गर्छन् । जसमध्ये ५ गिगाहर्ज नयाँ प्रविधियुक्त छ, जसले गर्दा यसको गति बढी हुन्छ तर लेटेन्सी कम हुन्छ । तपाईंले समस्या भोगिरहनु भएको छ भने, ५ गिगाहर्जको राउटर प्रयोग गर्न सक्नुहुन्छ । भन्नुको अर्थ, २.४ गिगाहर्जको राउटरले तपाईं बस्नु भएको क्षेत्रफललाई कभर गर्न सक्दैन । यसकारण, बढी क्षमताको राउटर अपग्रेड गर्नु पर्छ ।

३. ब्यान्डविथ खपत धेरै हुँदा

वाई–फाई भन्नसाथ असीमित इन्टरनेट कनेक्सन भन्ने हुँदैन । यसमा पनि निश्चित ट्राफिक धान्न सक्ने क्षमता मात्र हुन्छ । धेरै व्यक्तिले चलाउँदा अथवा कुनै निश्चित समयमा वाई–फाईको गति कम भएको सायद तपाईंले महसुस गर्नु भएको होला । त्यस्तोमा, तपाईंले कि त वाई(फाई कनेक्ट भएको डिभाइसको संख्या कम गर्नु पर्छ या त राउटरको क्षमता बढाउनु पर्छ ।

४. पुराना राउटर

कतिपय अवस्थामा इन्टरनेटको नभएर राउटरका कारण समेत समस्या आउने गर्छ । यदि तपाईंले उच्च गतिको इन्टरनेट प्याकेजमा अपग्रेड गर्नु भएको छ तर तपाईंको राउटर अलि पुरानो छ भने समस्या हुन सक्छ । सामान्यतः पाँच–छ वर्षभन्दा पुराना राउटरले आफ्नो पूर्ण क्षमतामा काम गर्न सक्दैनन् । अझ, तपाईंले धेरै डिभाइसमा इन्टरनेट कनेक्सन गर्नुहुन्छ भने त समस्या हुने नै भयो । यसकारण, केही वर्षको अन्तरालमा नयाँ राउटरमा अपडेट हुनु पनि फाइदा नै हुन्छ ।

५. सिग्नलको समस्या

वाई–फाई एक प्रकारको रेडिओ सिग्नल हो । यस सिग्नललाई अवरोध पुर्‍याउने विभिन्न वस्तुहरू अहिले जताततै हुन्छन् । यदि तपाईं बढी जनघनत्व भएको ठाउँमा अथवा धेरै बिल्डिङहरू भएको ठाउँमा बस्नुहुन्छ भने त्यहाँ तपाईंको वाई–फाई र अन्य नेटवर्कका सिग्नल एक(आपसमा ठोक्किन सक्छन्, जसले गर्दा स्वतः इन्टरनेटको गतिमा प्रभाव पार्छ ।

 

Related News

थाहा पाइराख्नुहोस् देशभर कहाँ कहाँ छन्, ईभीका लागि फास्ट चार्जिङ स्टेसन
थाहा पाइराख्नुहोस् देशभर कहाँ कहाँ छन्, ईभीका लागि फास्ट चार्जिङ स्टेसन
  • २०८१ श्रावण १०

काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय सवारी (ईभी) प्रति आकर्षण...

TOP