२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण


दिपायल-  रेडियो नेपाललले बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण गर्न सुरु गरेको छ । रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय दिपायलबाट बैतडेली र तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगरबाट राजवंशी भाषामा समाचार प्रसारण गर्न सुुरु गरेको हो ।

आइतबार एक कार्यक्रमका बीच रेडियो नेपालले बैतडेली र राजवंशी भाषाको प्रसारण शुभारम्भ गरेको हो । सुदूरपश्चिम प्रादेशिक प्रसारण कार्यालय दिपायलबाट प्रशारण हुुने बैतडेली भाषको शुुभारम्भ दिपायल सिलगढी नगरपालिका नगरप्रमुख बाजी सिं खड्का (विजय)ले गरेका हुन् । आइतबारदिउँसो ३ः१५ बजे बैतडेली भाषाको समाचार प्रसारणको शुभारम्भ गरिएको थियो ।

त्यस्तै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले राजवंशी भाषाको समाचार प्रसारणको संयुक्त रुपमा शुभारम्भ गरेका हुन् । आइतबारदिउँसो १ः४५ बजे राजवंशी भाषाको समाचार प्रसारणको शुभारम्भ गरिएको हो ।

प्रादेशिक प्रसारण कार्यालय दिपायलबाट बैतडेली भाषाको शुुभारम्भ गर्दै नगर प्रमुुख खड्काले बैतडेली मातृ भाषा भएका समुदाय, रेडियो नेपाल र नव नियुक्त कर्मचारीलाई शुुभकाना तथा बधाई ज्ञापन गरे । उनले डोटेली भाषा टुक्रिदै गएकोमा चिन्ता व्यक्त गरे ।

“डोट्याली भाषाबाटै नेपाली भाषको उत्पत्ति भएको हो,“नगर प्रमुख खड्काले भने,“नेपाली भाषको मातृ भाषा मानिने डोट्याली भाषालाई टुुक्रिन नदिन भाषा विज्ञहरुले चासो देखाउनुु पर्ने भएको छ । यद्यपि मातृ भाषाहरूको संरक्षणा एवं संवर्द्धन गर्नु राम्रो हो ।”

डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले रेडियो नेपालले भाषा भाषीको संरक्षण संवर्द्धन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

नेपाल पत्रकार महासंघ डोटीका सचिव पवन महराले नेपालको जेष्ठ संञ्चार माध्यम रेडियो नेपालले समयानुकूूल आफुुलाई परिमार्जित गर्दै सञ्चारमा जनताको पहुुँच वृद्धि गरेको बताए । “अहिले पनि नेपाली भाषा नबुुझ्ने धेरै मान्छेहरु छन्,“उनले भने,“आफ्नो भाषामा समाचार तथा कार्यक्रम प्रशारण भए त्यस्ता मान्छेहरुको सञ्चारमा पहुँच बढ्छ । रेडियो नेपालले नयाँ प्रविधिको प्रयोगसँगै भाषालाई पनि प्राथमिकता दिएको छ यसले सञ्चारमा जनताको पहुुँच वृद्धि गर्छ । तर, भाषाको संरक्षण, संवर्धन र एकीकरणका विषयमा सरोकारवालाहरुको ध्यान जान जरुरी छ । सुुदूरपश्चिम, कर्णाली र भारतको कुुमाउ गढवालसम्म लामो इतिहास, मौलिकता, संस्कृति र विरासत बोकेको डोट्याली भाषाको संरक्षण, संवद्र्धन गर्नुु सबैको दायित्व हो । टुुक्रिदै गएको डोटेली भाषाका सम्बन्धमा वहस हुन आवश्यक छ, उनले भने ।

रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलका निमित्त कार्यालय प्रमुख दान सिंह ऐरले मुलुकको बहुभाषिक नीति अनुरूप सबै भाषाहरूको संरक्षण एवं संवर्द्धनमा सघाउ पु¥याउने उद्देश्यका साथ रेडियो नेपालबाट बैतडेली भाषामा समाचार प्रसारण सुरु गरिएको बताए ।

बैतडेली भाषाको समाचार सीता महताले वाचन गरेकी हुुन् । रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलबाट सुुदूरपश्चिममा बोलिने डोट्याली, र रानाथारु भाषामा समाचार तथा कार्यक्रम प्रसारण हुुँदै आएको छ । बैतडेली भाषा थपिएसँगै दिपायलबाट तीन वटा मातृ भाषामा समाचार तथा कार्यक्रम प्रसारण हुने भएको छ ।

रेडियो नेपालले यस अघि २३ वटा भाषामा समाचार प्रसारण गर्दै आएकोे थियो । बैतडेली र राजवंशी भाषाको समाचार प्रसारण थप गरेसँगै भाषिक समाचारको संख्या २४ पुगेको छ भने २३ वटा भाषमा कार्यक्रम प्रसारण गर्दै आएको छ ।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०८१ असार ३०

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP