२०८० आश्विन १५, सोमबार
October 2, 2023, Monday

नेपाल पत्रकार महासंघ डोटी शाखा सम्मानित

डोटी– नेपाल पत्रकार महासंघ डोटी शाखालाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले आफ्नो २६औं महाधिवेशनको अवसरमा डोटी शाखालाई सम्मान गरेको हो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारहरुको हितमा क्रियाशील पत्रकार महासंघका गतिविधिहरुलाई व्यापक र प्रभावकारी बनाउँन योगदान पु¥याएको भन्दै डोटी शाखालाई सम्मान गरिएको हो ।

कार्यक्रममा उक्त सम्मान शाखाका अध्यक्ष योगेन्द्र बलायरलाई हस्तान्तरण गरिएको छ । डोटी शाखाले सञ्चारकर्मी, सञ्चार माध्यमलाई प्रतिबन्ध बनाउने खालका मिडिया विधयक विरुद्धमा पटक–पटक आवाज उठाउँदै आएको छ । संविधानमा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रता कायम गर्न माग गर्दै शाखाले संघर्ष गर्दै आएको छ ।

शाखामा आबद्ध तीन जना पत्रकारहरुलाई रेडियो नेपालबाट विना कारण निकालिए पछि शाखा निरन्तर आन्दोलन र संघर्षमा रहेको छ । शाखाले श्रमजीवी पत्रकारहरुका विषयमा उठाएको उक्त मुद्धा निकै चर्चामा रहेको छ । विना कारण कामबाट निकालिएका पत्रकारहरुको क्षेतिपूर्ती सहित पुनरबाहालीका लागी डोटी शाखा संघर्षमा छ ।

डोटी शाखाले भरकरै आफ्नो दुई तले भवनको समेत उद्घाटन गरेको छ । शाखाका अध्यक्ष बलायरले आफु नेतृत्वको डोटी शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारहरुको हितमा गरेको कामको मुल्याङ्कन गरी सम्मान गरेकोमा धन्यबाद व्यक्त गरेकाछन् । आफ्नो कार्यकालको बढी जसो समय आन्दोलन र संघर्षमै वितेको बताउदै उनले उक्त सम्मानले समग्र मिडिया र मिडियाकर्मीहरुको पेशागत हितमा काम गर्न हौसला मिलेको बताए ।

Related News

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
  • २०७७ फाल्गुन ५

दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...

TOP