कोरोना भाइरसको नयाँ संक्रमण सार्स–सिओभी–२
बेलायतबाट हालसालै भारत फर्किएका ६ जनाको नमुना परीक्षणका क्रममा सार्स–सिओभी–२ को नयाँ संस्करण फेला परेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएअनुसार बैंगलुरुको निमहंस, हैदरावादको सिसिएमबी र पूणेस्थित एनआइबीको प्रयोगशालामा भएको नमुना परीक्षणमा नयाँ संस्करणको कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार संक्रमित सबैजनालाई कोरोना उपचार गरिने स्वास्थ्य संस्थामा आइसाेलेसनमा राखी उपचार भइरहेको छ । साथै उनीहरूको सम्पर्कमा आएका व्यक्तिलाई पनि आइसाेलेसनमा राखिएको छ । मन्त्रालयले उनीहरूसँगै यात्रामा रहेका व्यक्तिलाई पनि स्वास्थ्य परीक्षण गर्न आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार २५ नोभेम्बरदेखि २३ डिसेम्बरसम्ममा बेलायतबाट ३३ हजारजना भारत आएका छन् । उनीहरू सबैको भारत सरकारले पिसिआर परीक्षण गर्ने तयारी गरेको छ । यसरी बेलायतबाट फर्किएकामध्ये जम्मा ११४ जनामा कोरोना संक्रमण देखिएको थियो । यसअघि नै बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ संस्करण डेनमार्क, हल्यान्ड, अस्ट्रेलिया, इटली, स्विडेन, फ्रान्स, स्पेन, स्विट्जरल्यान्ड, जर्मनी, जापान, लेबनान र सिंगापुरमा पनि देखिइसकेको छ ।
कोरोना भाइरसको नयाँ संस्करणबाट जोगिन भारत सरकारले २३ डिसेम्बरदेखि ३१ डिसेम्बरसम्म बेलायतबाट आउने सबै उडान बन्द गरेको छ । यो भाइरसबारे वैज्ञानिकहरूले भिन्नभिन्न भनाइहरू सार्वजनिक गरिरहेका छन् । यो भाइरस प्राणघातक नभए पनि निकै तीव्र रूपमा फैलिरहेको उनीहरूको चेतावनी छ ।
भारत सरकारले कोरोना भाइरसको नयाँ संस्करणको परीक्षण गर्न १० वटा प्रयोगशालालाई जिम्मेवारी दिएको छ ।
डोटी । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध डोटी लगायत देशभर विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको असंवैधानिक...
डोटी– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले डाँका, लुटेरा र अपराधीको हातमा देश गएको बताएका छन् । नेपाली...
डोटी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर गृहजिल्लाको भ्रमणमा रहेकाछन् । यस क्रममा उनलाई जिल्लाका बिभिन्न गाउँहरुमा बाजागाजा...