२०७८ आश्विन ८, शुक्रबार
September 24, 2021, Friday

बेलायतबाट आएका पाँचजना नेपालीमा कोरोना संक्रमण

नयाँ भाइरस भए–नभएको पत्ता लगाउन नमुना हङकङ पठाइने

भर्खरै बेलायतबाट आएका पाँचजना नेपालीमा कोरोना भाइरस (कोभिड– १९) संक्रमण देखिएको छ । यो नयाँ भाइरस हो वा होइन भन्ने पत्ता लगाउन नमुना हङकङ पठाउन लागिएको छ । 

बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको छ । यो पहिलेको भन्दा तीव्र संक्रमण हुने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ पुसदेखि बेलायतबाट आउने सबैलाई १० दिन क्वारेन्टिनमा बसेर पिसिआर परीक्षण गर्न आग्रह गरेको छ । १ पुसयता बेलायतबाट आएका दुई सय ७७ जनाको स्वाब संकलन गरी विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । उनीहरूमध्ये पाँचजनामा संक्रमण देखिएको हो । 

यही क्रममा पिसिआर परीक्षण गर्दा पाँचजनामा कोरोना भाइरस देखिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए । ‘तर, हामीले परीक्षण गर्दै आएको प्रविधिबाट पजिटिभ आएकाले यो नयाँ भाइरस होइन,’ डा. पाण्डेले भने, ‘लक्षण देखिएको, तर पजिटिभ नआएको अवस्था भएमा त्यसलाई नयाँ भाइरस हो कि भनेर शंका गर्ने थियौँ । यो पजिटिभ रिपोर्ट आएकाले बेलायतमा देखिएको नयाँ भाइरस भन्ने आधार तय भएको छैन ।’

स्वास्थ्य मन्त्रालयले भने बेलायतबाट आएका कुनै पनि नागरिकमा कोरोना पुष्टि भए त्यसको प्रजाति पत्ता लगाउन आधिकारिक प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्ने जनाएको छ । निजी प्रयोगशालामा आएको पजिटिभ नमुना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । प्रयोगशाला स्रोतका अनुसार नयाँ भाइरस हो वा होइन भनेर पुष्टि गर्न हङकङ प्रयोगशाला पठाउन लागिएको छ । 

बेलायतमा नयाँ प्रजातिको कोरोना भाइरस देखिएपछि फेरि विश्व समुदाय त्रसित बनेको छ । यो भाइरस हाल विश्वभर देखिएको कोभिड– १९ भन्दा निकै तीव्र गतिमा फैलिएको बताइएको छ । तर, यसको मृत्युदर भने न्यून छ । 

Related News

डडेल्धुरामा रिले अनशन, पुनः वडा अधिवेशन गर्नूपर्ने माग
डडेल्धुरामा रिले अनशन, पुनः वडा अधिवेशन गर्नूपर्ने माग
  • २०७७ पुष १४

डडेल्धुरा– नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नूपर्ने माग गर्दै पार्टी कार्यालयमा रिले अनशन...

साइन नेपालद्वारा विद्यालय र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण
साइन नेपालद्वारा विद्यालय र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण
  • २०७७ पुष १४

डोटी – मानवीय सेवामा अनेकौं प्रयास (SHIN, Nepal) धनगढीले स्वास्थ्य सामग्री वितरण गरेको छ । संस्थाद्वारा संचालित कोभिड – १९...

एमाले नेता रावत बेपत्ता
एमाले नेता रावत बेपत्ता
  • २०७७ पुष १४

धनगढी: नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य धन बहादुर रावत बेपत्ता भएका छन्। असोज ४ गते रामारोशन गाउँपालिका -७ सुतारमा...

TOP