वाशिङ्टन । कोरोना भाइरसविरुद्ध प्रभावकारी मानिएको फाइजर-बायोएनटेकले विकास गरेको खोप प्रयोगका लागि संयुक्त राज्य अमेरिकाले पनि अनुमति दिएको छ ।
अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोना भाइरसको संक्रमणविरुद्धको खोप प्रयोगका लागि शुक्रबार स्वीकृति दिएको हो । अब खोप देशभर पुर्याइने र खोप अभियान केहीदिनभित्रै सुरु हुने अधिकारीहरुले बताएका छन् ।
फाइजर तथा बायोएनटेकले तयार पारेको कोरोना भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी मानिएको छ ।
एफडीएले अहिले आपतकालीन प्रयोगका लागिमात्रै अनुमति दिएको हो । स्थायी अनुमतिका लागि फाइजरले फेरि अलग्गै आवेदन दिनुपर्नेछ । एफडीए प्रमुख डा. स्टीफन हानले यो स्वीकृति कोभिड महामारीविरुद्धको लडाइँमा महत्वपूर्ण कोशेढुंगा रहेको बताए ।
यसअघि फाइजरको भ्याक्सिनलाई बेलायत, बहराइन, साउदी अरब र क्यानडाले स्वीकृति दिइसकेका छन् । यो खोप अभियान बेलायतमा सुरु भइसकेको छ । खोपले केही व्यक्तिहरुलाई एलर्जीको समस्या उत्पन्न गराएकोले औषधी, खाना र खोपको एलर्जी भएका व्यक्तिहरुलाई यो खोप नलगाउन सुझाइएको छ । – बीबीसी
डोटी– नेपाली कांग्रेस डोटीका उप–सभापति लक्ष्मण सिंहले कम्युनिष्टका दिन सकिएको बताए । नेपाली कांग्रेस शिखर नगरपालिकाले संसद विटनका विरुद्ध नगरमा...
डोटी- नेपाली कांग्रेस डोटीका नेता रामप्रसाद उपाध्यायले कम्युनिष्ट शासनको वर्तमान कालखण्डमा भ्रष्टाचारले चरमचुली नाघेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार...
नेपाली कांग्रेस डोटीका सभापती प्रदीपकुमार देउवाले देश अपराधी र भ्रष्टहरूको हातमा पुगेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार देशका सबै...