२०७७ चैत्र २९, आईतवार
April 11, 2021, Sunday

गोरुले हानेर आन्द्रा भुँडी बाहिर निस्किएकी महिला निको भएर घर फर्किइन्

डोटी – गोरुले हानेर आन्द्रा भुँडी बाहिर निस्किएकी महिला डिस्चार्ज भएकी छिन् । सुजंङ्ग अस्पतालले एक हप्ता सम्मको उपचार पछि उनलाई मंगलबार डिस्चार्ज गरीएको हो ।

दिपायल सिलगढी नगरपालिका – ८ लडागडकी ७२ वर्षीया पारु देवी कडायत गोरुले हान्दा गम्भीर घाइते भएकी थिइन् । मंसिर १७ गते अस्पताल भर्ना भएकी उनको १८ गते स्त्रीरोग विशेषज्ञ डा. पंकज प्रताव, एनेस्थेसिए जनकराज पाण्ड्ये लगायतको टोलीले अप्रेसन गरिएको थियो ।

घाइते कडायतको आन्द्रा भुँडी बाहिर निस्केको र आन्द्रामा गहिरो चोट लागेको अवस्थामा अप्रेसन सहितको उपचार गरिएको डा. प्रतावले बताए ।

यस अघि कार्तिकमा शिखर नगरपालिका वडा नं. ५ तिजालीकी ७५ वर्षीय हरुली देवी साउँद पनि गोरुको आक्रमणले घाइते भएकी थिइन् । गोरुको आक्रमणले उनको पनि आन्द्रा भुँडी बाहिर निस्कनुको साथै आन्द्रामा चोट लागेको थियो । उनलाई पनि सुजंङ्ग अस्पतालले एक हप्ताको सफल उपचार पछि घर पठाइएको थियो ।

अस्पतालले अप्रेसनद्वारा सुत्केरी गराउने, पाठेघरको अप्रेसन, निसन्तान दम्पत्तिको उपचार तथा परामर्श, सन्तानको रहर पुगेका दम्पतीहरुको भ्याक्सेटोमी मिनिल्याब सेवा दैनिक रुपमा दिँदै आएको अस्पतालका प्रशासन प्रमुख अर्जुन बालयरले बताए । अस्पतालमा यस बाहेक हाडजोर्नी, नसारोग, ओपिडी सेवा सहित रङ्गिन भिडियो एक्सरे, इसिजी, कम्पुटर डिजिटल एक्सरे , आधुनिक ल्याब सेवा उपलब्ध रहेको बलयारले बताए ।

Related News

पत्रकार बमद्वारा जन्मदिनको अवसरमा अक्षय कोष स्थापनाका लागि सहयोग
पत्रकार बमद्वारा जन्मदिनको अवसरमा अक्षय कोष स्थापनाका लागि सहयोग
  • २०७७ मंसिर २३

डोटी – नेपाल पत्रकार महासंघ डोटी शाखाका कोषाध्यक्ष अरुण कुमार बमले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका आर्थिक सहयोग...

रहेनन् कांग्रेस नेता नविन्द्रराज जोशी
रहेनन् कांग्रेस नेता नविन्द्रराज जोशी
  • २०७७ मंसिर २३

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार...

केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता हुने
केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता हुने
  • २०७७ मंसिर २३

प्रथम पुरस्कार राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ डोटी- केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता...

TOP